default_image

7 years ago

May 27, 2019

डर्टमन्डले सान्चो नबेच्ने

142 views

0 Bookmark

एजेन्सी – असिस्ट किङको उपमा पाएका इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा प्ले मेकर जाडोन सान्चोलाई यो सिजन क्लबले नबेच्ने बताएको छ ।

युवा स्टार सान्चोलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले १०० मिलियन पाउन्डसम्म खर्च गर्दै अनुबन्ध गर्ने प्रयास गरिरहँदा डर्टमन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ह्यान्स जोचिव वाट्जकेले सान्चो बिक्रीमा नरहेको बताएका हुन् ।

‘युवा स्टार सान्चोलाई अनुबन्ध गर्ने प्रयास गर्नु युनाइटडेको कदम नराम्रो होइन । हामीलाई यसमा कुनै समस्या छैन । तर, उनी यो सिजन पनि डर्टमन्डमै रहनेछन् ।’ विल्डसँगको कुराकानीका क्रममा ह्यान्सले भने, ‘१९ वर्षीय सान्चोले अबको १० वर्ष जर्मन लिग खेल्छन् भन्ने छैन । हामी हाम्रो सम्झौतामा स्पष्ट छौं । यति बुझौ यो सिजन सान्चो बिक्रीमा छैन ।’

१९ वर्षीय विङ्गर सान्चोले जर्मन बुन्डेसलिगाको यो सिजन १३ गोल गर्दै १९ असिस्ट गरेका थिए । उनकै उच्च प्रदर्शनमा लुइसेन फाभ्रीको डर्टमन्डले जर्मन बुन्डेसलिगामा बायर्नसँग यो सिजनको उपाधिका लागि लिगको अन्तिम खेलसम्म नै संघर्ष गर्नुपर्ने बाध्यता सिर्जना गराएको थियो ।

इंल्गिस क्लब म्यानचेस्टर सिटीको एकेडेमीको उत्पादन सान्चोले इंग्ल्यान्डको सिनियर टोलीमा समेत स्थान बनाइसकेका छन् । युवा प्रतिभा जाडोनलाई अनुबन्ध गर्न युनाइटेडसँगै स्पेनका दुई महारथी रियल म्याड्रिड र बार्सिलोनाले पनि प्रस्तावको तयारी गरिरहेको बुझिएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.