7 years ago
May 27, 2019
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए को सर्वाधिक गोलकर्ताको सुचिमा चौथो स्थानमा रहँदै सिजन अन्त्य गरेका छन् ।

सिजनको अन्तिम खेलमा युभेन्टस र साम्पडोरियाको खेलमा रोनाल्डोलाई विश्राम दिइएको थियो । उनले लिगमा युभेन्टसलाई च्याम्पियन बनाउने क्रममा २१ गोल गरे । उनीभन्दा अगाडी सर्वाधिक गोलकर्ता सुचिमा ३ खेलाडी रहे । साम्पडोरियाका भेट्रान फरवार्ड फाबियो क्वागलीआरेल्लाले २६ गोल गरे । एटलान्टालाई पहिलो पटक च्याम्पियन्स लिगमा पुर्याउने क्रममा डुभान जापाटाले २३ गोल गरे । जेनोआ र एसी मिलानका लागि खेलेका क्रिस्टोफ पियाटेकले २२ गोल गरे ।
रोनाल्डोले सर्वाधिक गोलकर्ताको उपाधि नजितेपनि सिरी ए को उत्कृष्ट खेलाडी भने बन्न सफल भए । युभेन्टसले लगातार आठौं लिग उपाधि जित्ने क्रममा उनले टोलीको जितमा महत्त्वपूर्ण योगदान दिए । युभेन्टसको जितसँगै रोनाल्डो इंग्ल्यान्ड, स्पेन र इटालीमा लिग जित्ने पहिलो खेलाडी पनि बनेका छन् । उनी तीनै देशमा वर्ष उत्कृष्ट खेलाडी घोषित हुने पनि पहिलो खेलाडी बने ।
सर्वाधिक गोलकर्ता :
फाबियो क्वागलीआरेल्ला -२६ गोल
डुभान जपाटा – २३ गोल
क्रिस्टोफ पियाटेक – २२ गोल
क्रिस्टियानो रोनाल्डो – २१ गोल
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]