7 years ago
May 27, 2019
एजेन्सी – एस्टन भिल्ला इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । प्रिमियर लिगको बढुवाको लागि सोमबार राति भएको च्याम्पियनसिपको प्ले अफ फाइनलमा डर्वी काउन्टीलाई २–१ ले पराजित गर्दै एस्टन भिल्लाले तीन वर्षपछि प्रिमियर लिगमा पुनरागमन गरेको हो ।

एस्टन भिल्ला २०१५/१६ को सिजनमा रेलिगेसनमा परेको थियो । त्यतिबेला एस्टन भिल्लाले ३८ खेलमा मात्रै १७ अंक जोडेको थियो ।
भिल्ला अघिल्लो सिजन पनि प्रिमियर लिगको बढुवा नजिक पुगेको थियो । च्याम्पियनसिपको प्ले अफ फाइनलमा एस्टन भिल्ला पुलहमसँग पराजित हुदा प्रिमियर लिगमा बढुवाबाट रोकिएको थियो ।

सोमबार राति वेम्वली मैदानमा भएको खेलमा भिल्लाले चेल्सीका पुर्व खेलाडी फ्रान्क लाम्पार्डको प्रशिक्षकत्वमा रहेको डर्वी काउन्टीलाई २–१ ले पराजित गरेको हो । एस्टन भिल्लाको जितमा अनवर इएल घाँजी र जोन मकजिनले गोल गरे । डर्वी काउन्टीका ज्याक म्यारियोटले एक गोल फर्काए ।
४४औं मिनेटमा अनवर इएल घाँजीले गोल गर्दै एस्टनलाई पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५९औं मिनेटमा जोनले गोल गर्दै एस्टन भिल्लाको अग्रता दोब्बर पारेको थियो ।
दुई गोलले पछि परेको डर्वीले खेलमा भिल्लालाई दवावमा राख्दै एक गोल गर्न सफल भएपनि हार टार्न सकेन । डर्वीका ज्याक म्यारियोटले खेल सकिन ९ मिनेट बाँकी रहँदा गोल गरेका थिए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]