default_image

7 years ago

May 28, 2019

केनको कप्तानीमा इंग्ल्यान्डको टोली घोषणा

100 views

0 Bookmark

एजेन्सी – नेसन्स लिगको लागि इंग्ल्यान्डले चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका कप्तान ह्यारी केनलाई समावेश गर्दै २३ सदस्यीय टोलीको घोषणा गरेको छ ।

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले गत अप्रिलबाट चोटका कारण मैदान बाहिर रहेपनि चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका कप्तान केनलाई टिममा समावेश गर्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोटेनहमका केनले १ जुनमा लिभरपुलविरुद्धको च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारी गरिरहेका छन् ।

प्रशिक्षक साउथगेटले २७ सदस्यीय टोलीबाट ह्यारी केनको कप्तानी मा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । किरियन ट्रिपर, ह्यारी विङ्कस, जेम्स वार्ड प्राउज र नाथन रेडमन्डले टोलीमा स्थान बनाउन सकेनन् ।

नेसन्स लिग पोर्चुगलमा ६ जुनबाट ९ जुनसम्म सञ्चालन हुदै छ । इंग्ल्यान्डले सेमिफाइनलमा खेलमा ६ जुनमा नेदरल्यान्डसँग खेल्दैछ । फाइनल प्रवेश गरे इंग्ल्यान्डले ९ जुनमा पोर्चुगल र स्वीट्जरल्यान्डमध्ये एक सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

पुर्ण टोली
गोलरक्षक – ज्याक बटल्यान्ड, टम हिटन र जोर्डन पिकफोर्ड
डिफेन्डर – ट्रेन एलेक्सन्डर अर्नाेल्ड, विन चिलवेल, माइकल किन, ह्यारी मगाएर, ड्यानी रोज, जोए गोमेज, जोन स्टोन्स र केयल वार्कर
मिडफिल्डर – रोस बार्कली, डेल अली, फावियन डेल्फ, इरिक डायर, जोर्डन हेन्डरसन, जेसे लिङ्गार्ड र डेक्लन राइस
फरवार्ड – ह्यारी केन, मार्कुस रासफोर्ड, जाडोन सान्चो, रहिम स्ट्रलिङ र कलुम विल्सन

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.