default_image

7 years ago

May 28, 2019

हजार्डले जिते पिएफए फ्यान्स अवार्ड

99 views

0 Bookmark

एजेन्सी – चेल्सी तथा बेल्जियन फरवार्ड इडेन हजार्डले यस सिजनको पिएफए फ्यान्स प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।

हजार्डले अवार्ड जित्ने क्रममा मनोनयनमा रहेका म्यानचेस्टर सिटीका रहिम स्टरलिङ, बर्नाडो सिल्भा र सर्जियो अगुएरोलाई तथा लिभरपुलका भर्जिल भान डिक र साडियो मानेलाई पछि पारेका हुन् । फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) ले हजार्डसहित ६ सदस्यलाई मनोनयनमा राखेका थिए ।

समर्थकको भोटको आधारमा हजार्डले यि पाँच खेलाडीलाई पछि पार्दै सोमबार अवार्ड जितेका हुन् । उनले ३४ प्रतिशत भोट पाएका थिए । हजार्डले चेल्सीका लागि यो सिजन १६ गोल गर्दै १५ असिस्ट गरेका थिए । उनी सन् २००५ पछि चेल्सीबाट यो अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । सन् २००५ मा फ्रान्क लाम्पार्डले यो अवार्ड जितेका थिए ।

हजार्ड युरोपा लिगको फाइनल खेल्ने तयारीमा छन् । अजरवैजानको बाकुमा २९ मे मा चेल्सी र आर्सनलबीच युरोपा लिगको फाइनल खेल हुँदैछ । युरोपा लिगको फाइनलसँगै हजार्डले एक वर्ष सम्झौता बाँकी रहँदै स्टामफोर्ड ब्रिज छाड्ने तयारी रहेको बुझिएको छ । उनलाई स्पेनिस क्लब रियल म्याड्रिडले १०० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्ने प्रयास गरेको छ । दुवै क्लब सहमति नजिक पुगिसकेका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.