default_image

7 years ago

May 28, 2019

रोनाल्डोद्वारा दशककै खराब प्रदर्शन

135 views

0 Bookmark

एजेन्सी – यसै सिजन इटालियन क्लब युभेन्टस पुगेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि यो सिजन विगत एक दशकयताकै खराब रहयो ।

रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले यस सिजन ४३ खेलमा २८ गोल गरेका थिए । सामान्य खेलाडीको लागि यो निकै राम्रो रेकर्ड हो । तर पछिल्लो एक दशक विश्वस्तरीय प्रदर्शन गर्दै आएका रोनाल्डोका लागि भने यो पछिल्लो एक दशककै खराब प्रदर्शन रहयो ।

रोनाल्डोले रियल म्याड्रिडमा रहँदा हरेक सिजन कम्तिमा ३३ गोल गरे । उक्त संख्या पनि उनको रियल म्याड्रिडमा डेब्यु सिजनमा रहँदाको थियो । रियलमा ९ वर्ष बिताएका रोनाल्डोले ६ सिजनमा ५० भन्दा बढी गोल गरेका थिए । उनले सन् २०११/१२ मा ६० गोल तथा सन् २०१४/१५ मा ६१ गोल गरेका थिए ।

यस सिजन रोनाल्डोले ४३ खेल खेल्दै ०.६५ गोल प्रति खेलको औसतमा गोल गरे । रोनाल्डोले सन् २००८/०९ मा ५३ खेलमा २६ गोल गरेका थिए । यस सिजन रोनाल्डो सिरी ए को सर्वाधिक गोलकर्ताको सुचिमा चौथो स्थानमा रहे । उनी फाबियो क्वागलीआरेल्ला (२६), डुभान जपाटा (२३) र क्रिस्टोफ पियाटेक (२२) गोल भन्दा पछाडी रहे ।

रोनाल्डोको रियालमा प्रदर्शन :
२००९-१० : ३३ गोल
२०१०-११ : ५३ गोल
२०११-१२ : ६० गोल
२०१२-१३ : ५५ गोल
२०१३-१४ : ५१ गोल
२०१४-१५ : ६१ गोल
२०१५-१६ : ५१ गोल
२०१६-१७ : ४२ गोल
२०१७-१८ : ४४ गोल

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.