7 years ago
May 28, 2019
एजेन्सी – क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँगको खराब सम्वन्धपछि कप्तान सर्जियो रामोसले रियल म्याड्रिडबाट ‘टोटल डिभोर्स’ चाहेको बताएका छन् ।

क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजसँगको खराव सम्वन्धपछि रामोसले यो सिजनको अन्त्यसँगै क्लबबाट ‘टोटल डिभोर्स’ चाहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । क्लबका अध्यक्ष पेरेज र रामोसबीच खटपट मुख्य गरी रियल च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट आयाक्ससँग पराजित भएसँगै शुरु भएको थियो ।

पहिलो लेगमा जानाजान पहेंलो कार्ड खादै रामोस दोस्रो लेगलाई रामोस प्रतिबन्धित भएका थिए । युइएफएले उनीमाथि थप कारवाही गर्दा उनले दोस्रो लेग गुमाउँदा च्याम्पियन्स लिगको ह्याट्रिककर्ता रियलले डच टोली आयाक्ससँग ४–१ ले गुमाएको थियो ।

कप्तान तथा मुख्य रक्षकले अनावश्यक कार्ड खाएपछि अध्यक्ष पेरेज निक्कै रिसाएका थिए । त्यसपछि पनि लगातार राम्रो सम्वन्ध हुन नसक्दा रामोसले क्लब छाड्ने धम्की दिँदै आएका थिए ।
रामोसले ‘टोटल डिभोर्स’ चहाँदै फ्रि ट्रान्सफरमार्फत चिनिया सुपरलिगमा जाने बताएका छन् । उनले आफु थकित रहेको र अब रियलको आर्मब्याड नपहिरिने अध्यक्षलाई धम्की दिएका थिए ।
क्लबका अध्यक्ष पेरेजले रामोस अझै क्लबमा रहने बताउँदै रामोसलाई चिनिया सुपरलिगमा राम्रो अफर आएको उनको एजेन्टले बताएको उल्लेख गरेका छन् ।

३३ वर्षीय रामोस सन् २००५ मा सेभियाबाट रियल पुगेका थिए । उनल रियलबाट ४ च्याम्पियन्स लिग, ४ स्पेनिस ला लिगा, ४ फिफा क्लब विश्वकप जितेका छन् । यस्तै तीन कोपा डेल रे, ३ स्पेनिस कप र तीन युरोपियन सुपर कप जितेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]