7 years ago
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई वटा मैत्रीपूर्ण खेलका लागि नेपाली पुरुष फुटबल टोली आज साँझ मलेसिया प्रस्थान गर्दैछ ।

नेपालले मलेसियासँग आइतबार र त्यसपछि जेठ २३ गते चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेल्ने लागेको हो । जोहान कालिनले प्रशिक्षण सम्हालेयता नेपालको यो दोस्रो विदेश भ्रमण हो ।
यसअघि नेपालले कुँवेत दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाली टोली दोस्रो खेलमा १–० ले पराजित भएको थियो ।

नियमित टोलीका सदस्य रहँदै आएका भरत खवास र विमल घर्तीमगर यसपटक टोलीमा पर्न सकेनन् । चोटका कारण उनीहरु चोटमा नपरेको बताइएको छ । अर्को तिर राष्ट्रिय टोलीबाट खेल्नका लागि पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको टिसी स्पोर्टस्सँगको व्यवासायिक सम्झौता तोडेका छन् ।
इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेको रोहित चन्द भने उतैबाट मलेसिया पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । टोलीलाई एन्फाले आज विदाई गरेको छ । टोली साँझ ६ः५० बजे मलेसियाका लागि उड्नेछ ।
नेपाली फुटबल टोली
गोलरक्षक – किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु
डिफेन्डर – विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवी सिलवाल
मिडफिल्डर/फरवार्ड-तेज तामाङ, सुनिल बल, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, विमल राना, रविशंकर पासवान, अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]