default_image

5 years ago

June 1, 2019

बस्नेतसहित फुटबलका पूर्व प्रशिक्षक र खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ, सन् १९९३) ) को छैटौं संस्करणको फुटबलमा नेपाली फुटबल टोली स्वर्ण पदक दिलाएका प्रशिक्षक धनबहादुर बस्नेतसहित पूर्व प्रशिक्षक र खेलाडी शनिबार सम्मानित भएका छन् । विदेशमा बस्दै आएका पूर्व खेलाडीहरुको समूहले उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा बस्नेतसहित, पूर्व प्रशिक्षक भीम थापा, महेश्वर मुल्मी, योगम्बर […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ, सन् १९९३) ) को छैटौं संस्करणको फुटबलमा नेपाली फुटबल टोली स्वर्ण पदक दिलाएका प्रशिक्षक धनबहादुर बस्नेतसहित पूर्व प्रशिक्षक र खेलाडी शनिबार सम्मानित भएका छन् ।

विदेशमा बस्दै आएका पूर्व खेलाडीहरुको समूहले उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा बस्नेतसहित, पूर्व प्रशिक्षक भीम थापा, महेश्वर मुल्मी, योगम्बर सुवाल, अशोक केसी,गोपाल श्रेष्ठ ग्वाचा, लक्ष्मण क्षेत्री र धिरेन्द्र प्रधान छन् । मरणोप्रान्त पूर्व प्रशिक्षक बैजु कपालीलाई सम्मान आरसिटीकार्फतबाट ग्रहण भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्षत्रय कृष्ण थापा, उपेन्द्रमान सिंह, वीरबहादुर खड्का र कार्यक्रम संयोजक पूर्व खेलाडी अनिल रत्न तुलाधारले पूर्व प्रशिक्षकहरुलाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा पूर्व खेलाडी पहिलो र छैटौं साफका स्वर्ण पदक विजेता उमेश प्रधान (अमेरिका),सागर गुरुङ (हङकङ), टिका थापा (बेलायत), सुरेश कमाचार्य (अमेरिका) र मधु कार्की (अमेरिका) ले सहयोग गरेका थिए ।

सम्मानति प्रशिक्षकहरुकोतर्फबाट थापाले पूर्व खेलाडीहरुलाई आफुहरुलाई स्मरण गरेकोमा धन्यवाद दिए । एन्फा अध्यक्ष शेर्पाले एन्फाले पनि पूर्व खेलाडी प्रशिक्षकहरुलाई सम्मान गर्ने परम्पराको थालनी गरिसकेको बताउँदै आउँदो दिनमा युवा परियोजना सञ्चालनमा त्यस्ता प्रशिक्षहरुको सल्लाह लिइने बताए ।

सन् १९८४ को साफको स्वर्ण पदक विजेता फुटबल टोलीका सदस्य समेत रहेका एन्फा उपाध्यक्ष थापाले पूर्व खेलाडीको योगदानको कदर गरेमा पूर्व खेलाडीको समूहलाई धन्यवाद दिए ।

एन्फाका अर्का उपाध्यक्ष एवम् १९९३ का स्वर्ण पदक विजेता टोलीका गोलकिपर सिंहले विगतमा प्रशिक्षकहरुलाई निकै सम्मान गरिने परम्परा रहेको उल्लेख गर्दै अहिलेको खेलाडीमा त्यस्तो व्यवहार देख्न नपाउँदा दुःख लाग्ने गुनासो गरे ।

एन्फाका अर्को उपाध्यक्ष खड्काले नेपाली फुटबलमा योगदान पु¥याउने पूर्व खेलाडी एवंम् प्रशिक्षकहरुलाई उहाँहरुको योगदानका लागि धन्यवाद दिए ।

शनिबार सम्मानित हुने फुटबलका पूर्व खेलाडी एवंम् प्रशिक्षक

१) धनबहादुर बस्नेत -नेपालले सन् १९९३ मा बंगलादेशमा भएको तत्कालिन दक्षिण
एसियाली महासंघिय खेलकुद (साफ) मा फुटबलमा स्वर्ण पदक
जित्दा त्यसका मुख्य प्रशिक्षक
¬सन् १९८२ मा भारतमा भएको एसियाली खेलकुदमा नेपाली
टोलीका गोलकिपर
¬ ब्वाइज युनियनका पूर्व खेलाडी

२) भीम थापा – पटक पटक नेपाली राष्ट्रिय फुटबल टोलकिा प्रशिक्षक
– एन्फाको प्राविधिक निर्देशक
– प्राविधिक रुपमा निपुर्ण मानिने प्रशिक्षक
– राष्ट्रिय टोलीका पूर्व खेलाडी

३) महेश्वर मुल्मी – एनआरटीका पूर्व खेलाडी एवंम् प्रशिक्षक
– राष्ट्रिय टोलीका प्रशिक्षक
– १९९३ मा नेपालले साफमा स्वर्ण पदक जित्दा धनबहादुर बस्नेत
प्रशिक्षक र मुल्मी सहायक प्रशिक्षक

४) योगम्बर सुवाल – राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक
– एनआरटीका पूर्व खेलाडी
– नेपाल पुलिस क्लबका सर्वाधिक सफल प्रशिक्षक, देश भित्र हुने सबै
खाले नकआउट प्रतियोगिता जिताउन सफल

५) अशोक केसी – पूर्व राष्ट्रिय खेलाडी
– ब्वाइज युनियन, एनआरटी र पुलिसका पूर्व खेलाडी
– प्रभावशाली स्ट्राइकर
– एन्फा एकेडेमीको प्रशिक्षकमा लामो समय कार्यरत

६) गोपाल श्रेष्ठ,ग्वाचा – आरसिटीका पूर्व गोलकिपर
– राष्ट्रिय टोलीका पूर्व गोलकिपर
– ३० को दशकका उत्कृष्ट गोलकिपरको छवि बनाएका

७) लक्ष्मण क्षेत्री – नेपाल पुलिस क्लबका खेलाडी , ७० को दशकका
– राष्ट्रिय टोलीका पूर्व खेलाडी

८) धिरेन्द्र प्रधान – सन् १९ं८४ मा स्वदेशमा आयोजना भएको तत्कालिन साफको पहिलो
संस्करणको फुटबलको स्वर्ण पदक विजेता टोलीका सदस्य – -फुटबलमा साप सुटरको छवि
– नेपाल पुलिस क्लबका पूर्व खेलाडी, प्रशिक्षक
– एपिएफलाई फुटबलमा प्रवेश गराउन महत्वपूर्ण भूमिका
– एन्फाका पूर्व महासचिव
– नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष

९) स्वर्गिय बैजु कपाली – सन् १९९५ मा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक
– लामो समय आरसीटीका प्रशिक्षक
– आरसीटीलाई ए, बीमा प्रशिक्षण दिएको , गत वर्ष मात्र टोलीलाई
बी च्याम्पियन बनाएको
– राजुकाजी शाक्य, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन वा उहाँरुको
पुस्ताका खेलाडीलाई कुनै न कुनै रुपमा प्रशिक्षण दिएको अनुभव
– अहिले हाम्राबीचमा हुनुहुन्न, तर पनि उहाँको सम्झना
हाम्राबीच छ । उहाँको योगदानलाई नेपाली फुटबलले सधै स्मरण गर्ने
छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.