एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियन पावरहाउस इरानले सिरियामाथि शानदार जित हात पारेको छ ।

अजादी स्टेडियम तेहरानमा बिहीबार राति भएको खेलमा इरानले सिरियामाथि ५–० को फराकिलो जित हात पारेको हो ।
इरानको शानदार र फराकिलो जितमा मेहेदी तारेमीले ह्याट्रिक पुरा गरे । अलिरेजा जाहनवाक्स र अलह्यार सेयादमानेले समान १ गोल गरे ।
एकपक्षीय खेलमा इरानको खेलको ३०औं मिनेटमा अलिरेजा जाहनवाक्सको गोलबाट अग्रता बनाएको थियो । ३७औं मिनेटमा मेहेदी तारेमीले गोल गर्दै इरानलाई पहिलो हाफमा २–० ले अघि बढायो । इरानले दोस्रो हाफमा थप तीन गोल सफल हुदा मेहेदी नायक बने ।
मेहेदीले ५७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा इरानले ३–० को अग्रता बनायो । ७७औं मिनेटमा मेहेदीले ह्याट्रिक पुरा गरे । ८९औं मिनेटमा अलह्यार सेयादमानेले गोल गर्दै इरानलाई ५–० को फराकिलो जित दिलाए ।