गए राती भएको युरोपा लिगको फाइनल खेल मा लिभरपुललाई ३-१ले पराजित गर्दै सेभियाले युरोपा लिगको उपाधि जितेको छ । सेभियाको यो लगातार तेस्रो युरोपा लिगको उपाधि हो । खेल स्विजरल्यान्ड्को बासेल शहरमा भएको थियो ।
उपाधि जित्ने लक्ष्य सहित मैदानमा उत्रीएको लिभरपुलको लागि खेलको ३५औ मिनटमै गोल गर्दै स्टरिज ले आग्रता दिलएका थिए । स्टरिजको गोलको लागि मिल्नरले सहयता दिएका थिए । सो पस्चात खेलको पहिलो हाल्फमा अरु कुनै गोल हुन सकेन ।
पहिलको हाल्फमा अगाडी परेर उत्सहका साथ मैदानमा उत्रीएको लिभरपुल झास्किन धेरै समय लागेन, दोस्रो हाल्फको पहिलो मिनटमै केभिन गिर्मिरोले गोल गर्दै खेल बाराबर गरेका थिए । सो पश्चात कोकेले खेलको ६४औ मिनट र ७०औ मिनटमा गोल गर्दै सेभियाको जितको ह्याट्रीक सुनिश्चित गरेका थिए ।