default_image

5 years ago

June 17, 2019

मनाङ एएफसी कपलाई बंगलादेशतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप फुटबल अन्तर्गत अवे खेलका लागि नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब सोमबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । मनाङले बुधबार बंगबन्धु स्टेडियममा ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि मनाङ गत अप्रिलमा भएको अबहानीसँग १–० ले पराजित भएको थियो । उक्त खेल मनाङको घरेलु मैदान एन्फा कम्प्लेक्समा खेलिएको […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप फुटबल अन्तर्गत अवे खेलका लागि नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब सोमबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

मनाङले बुधबार बंगबन्धु स्टेडियममा ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि मनाङ गत अप्रिलमा भएको अबहानीसँग १–० ले पराजित भएको थियो । उक्त खेल मनाङको घरेलु मैदान एन्फा कम्प्लेक्समा खेलिएको थियो । अवे मैदानमा मनाङ ढाकालाई स्तब्ध पार्दै अंक खोस्ने रणनीतिमा मैदान उत्रनेछ ।

समूह ‘ई’ मा मनाङले ४ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ । अबहानी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । भारतको चेन्नायिन एफसी ७ अंक जोडेर शीर्ष तथा मिर्नेर्भा पन्जाव ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । मनाङले दुवै अंक मिर्नेभा पन्जावसँग लिएको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.