default_image

10 years ago

May 23, 2016

युनाइटेडले भान गाललाई बर्खास्त गर्यो, अब माउन्हिोले सम्हाल्ने

117 views

0 Bookmark

युनाइटेड (एजेन्सी) – एएफए कप जितेको दुई दिनपछि सोमबार म्यानचेस्टर युनाइटेडले लुइस भान गाललाई प्रशिक्षकबाट बर्खास्त गरेको छ । उनको उत्तराधिकारीका रुपमा चेल्सीका पूर्व प्रशिक्षक होजे माउरिन्हो नियुक्त हुने भएका छन् । तीन बर्षे सम्झौतामा दुई बर्षअघि युनाइटेडमा आबद्ध नेदरल्यान्डसका पूर्व प्रशिक्षक भान गालले एक बर्षको क्षेतिपूर्तिका रुपमा ६४ लाख पाउन्ड पाउने बताइएको छ ।

लुइस भान गाल

लुइस भान गाल

युनाइटेडका अफिसियलसँग मंगलबार हुने छलफलपछि माउरिन्होलाई औपचारिक रुपमा नयाँ प्रशिक्षक घोषणा गर्ने उल्लेख गरिएको छ ।
भान गालको सहायक रुपमा रहेका क्लबका पूर्व स्टार रायन गिग्स आउने दिनमा कुन भूमिकामा रहने भन्ने अझै प्रष्ट भएको छैन ।
शनिबारमात्र क्रिस्टल प्यालेसलाई हराउँदै युनाइटेडलाई एएए कप दिलाएका भान गालको क्लबका लागि त्यो नै अन्तिम खेल बनेको छ । पछिल्लो तीन बर्षमा युनाइटेडको त्यो पहिलो उपाधि थियो ।
च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको युनाइटेड अर्को सिजन च्याम्पियन्स लिगका लागि पनि छनोट हुन असफल भएपछि भान गाल यसअघि नै बर्खास्त हुने चर्चा चलेको थियो । युनाइटेडले पाँचौ स्थानमा रहँदै प्रिमियर लिगको अन्त्य गरेको थियो ।
दुई बर्षअघि नेदरल्यान्ड्ुलाई ब्राजिलमा सम्पन्न विश्वकपमा तेस्रो बनाए लगत्तै भान गालले युनाइटेडको कमान सम्हालेका थिए ।

_89768707_mourinho_trophy_getty

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.