10 years ago
May 24, 2016
दिपक बोहोरा ,पाँचथर
गणेश लावती नेपाली फुुटबलमा परिचित नाम हो । पुर्वि पहाडको पाँचथरमा जन्मीएका लावती सशस्त्र पहरीमा आबद्ध छन । सशस्त्र प्रहरीको टिमबाट फुटबल खेल्ने लावती सशस्त्र प्रहरीका टिम क्यापटेन समेत हुन।
पाँचथरको यासोकमा जन्मीएका लावती वि.स २०५२ बाट नै फुटबल खेल्न थालेका हुन । आफ्नो जिनमा नै फुटबल रहेको बताउने लावती १४ वर्षको कलीलो उमेर बाटनै फुटबल खेल्न थालेका हुन । परिबारको एक्लो छोरो भएकाले पनि छोरा राम्रो पढोस भन्ने उनको परिबारको चाहाना रहेको थियो । तर उनको फुटबल प्रतिको मोह कहिले घटेन । ६,७ वर्षको उमेर देखिनै बल समाउन थालेका लावती फुटबलको माया कहिले घटेन । यासोकको लिम्बु समुदायमा जन्मेका लावली लाहुरे परिवारका छोरा उनका आफ्न्त पनि उनी लाहुरे भएको हेर्न चाहान्थे तर उनको फुटबल मोहले कहिले लाहुरे हुन मन लागेन ।
उनले २०५६/५७ तिर इलामको टिमबाट खुकुरी गोल्ड कप खेले पछि उनी फुटबलमा छिटफुरुपमा चिनिन थालेका हुन । उनी संग संगै पाँचथरको फिदिम स्पोटिङ क्लबले आयोजना गर्ने युवा कप ( आज भोली फाल्गुन्नद गोल्ड कप ) आयोजक फिदिम स्पोटिबाट पनि फुटबल खेले यसरी नै उनको फुटबल जीवनको सुरुवात भएको हो ।
उनि सशस्त्र प्रहरीबाट खेल्न अगाडी सागर थापाहरु संगै केहि समय फेन्डस क्लब काठमाण्डैबाट खेल अनि केहि समय जावलाखेल युथ क्लब बाट पनि फुटबल खेले । र मैसफलको कल्ब संगम क्लब पोखरा बाट पनि फुटबल खेले । २०५९मा सशस्त्र प्रहरीमा प्रवेश गरे संगै उनि अहिले निरन्तर सशस्त्र प्रहरीबाट फुटबल खेलीरहेका छन । अहिले सशस्त्र प्रहरीमा सबै भन्दा सर्वाधिक गोलकर्तामा उनको नाममा रहेको छ । अधिल्लो राष्ट्रिय लिगमा सबै भन्दा पाको खेलाडी आफुलाई मान्ने लावती अधिल्लो सिजनमा सशस्त्र प्रहरीका लागी १० गोल ठोकेका लावती उमेर ढल्कदै गर्दा पनि थाकेका छैनन । उनि निरन्तर फुटबल खेलिरहेका छन ।
राष्ट्रिय लिगमा ६५गोल ठोकेका लावती २०६०मा राष्ट्रिय टिममा भुटान बिरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यु गरेका हुन । तर उनि डेब्य खेल धेरै समय खेल्न पाएनन जम्मा २ मिनेटमात्र मौदानमा रहन पाए । जति खेर उनि फर्ममा रहेका थिए तेतिखेर उनलाइ अबसर दिइएन । अवसर पाएको भए केहि गर्थे जस्तो लाग्छ अहिले बिगतलाइ सम्झदै भन्छ । “जतिखेर म राष्ट्रलाइ केहि दिन सक्थे त्योबेला मलाइ अबसर कम दिइयो” बिगत सम्झदै लावती भन्छन । २०६० पछाडी उनि धेरै समय राष्ट्रिय टिममा अवसर पाएनन । २०६६ /६७ मा फेरी राष्ट्रिय टिममा परेका लावतीलको अन्तराष्ट्रिय गोल संख्या १ गोल रहेको छ । उनले प्यालेसटाइन बिरुद्ध गरेको गोल हो ।
यदि फुटबल खेलाडि नभएको भए गायक वा संगितकार हुन्थे होला । लावती भन्छन उनि एकदमै संगितप्रेमी लावती अहिले पनि गित संगितमा निकै रमाउने गर्छन ।अहिले पनि उनको कोठामा गिटार र हार्मोनियम छ फुर्सद भएमा उनि संगितमा रमाउने गरेका छन ।
फुटबलको बिकासको लागी राष्ट्रले विषेश निति ल्याउनु पर्ने उनको बुझाइ छ । फुटबल बुझेको नेतृत्व आउनु पर्ने उनको बुझाइ छ । गाउ गाउका प्रतिभाहरु लाइ अवसर दिनु पर्ने उनको बुझाइ रहेको छ । उनि भन्छन फुटबल खेलेर बाच्नु सक्ने बनाउनु पर्छ । अझै थपछन फुटबललाई व्यबसायिक बनाउनु पर्छ फुटबल राजनीतीकबाट टाढा बनाउनु पर्छ उनी भन्छन । हाम्रो भन्दा पनि राम्रोलाई अबसर दिनु पर्ने उनको बुझाइ छ ।
अब आउने फुटबलका नयाँ पिढिले मेहनत र इच्छाशक्तिका साथ लागी परेमा अबश्य राम्रो खेलाडी बन्न सकिन्छ भन्ने लावतीको बुझाइ छ । अनुशासन खेलकुदको अपरिर्हाय कुरा हो । अनुशासनले नै खेललाइ मझबुद बनाउछ लावती बताउछन । बढदो उमेर र घटदो खेलका कारण अब खेलाडी जीवन छाडने तयारीमा छन । अब युवा भाइहरुलाइ अबसर दिनु पर्छ लावती भन्छन । सायद यो वर्षबाट खेलाडी जीवन छाडने तयारी गर्दैछु लावतीले कुराको अन्तरालमा बताए । अब के गर्नु हुन्छ भन्ने प्रश्नमा कोचि कोर्ष गर्दैछु अब फरक भुमिकामा देखिन्छु होला लावतीले बताए ।
खेलाडी जीवन जस्तै अरु भुमिकामा पनि सफल बन्नुन शुभकामना ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]