लन्डन (एजेन्सी)- होजे माउरिन्हो म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक बन्ने लगभग पक्का भइरहँदा मंगलबार अन्तिम टुंगो भने लाग्न सकेन । माउरिन्होका एजेन्टले युनाइटेडका पदाधिकारीसँग मगलबार छलफल गरेपछि उनी क्लबको प्रशिक्षक बन्ने सम्भावना बलियो भएको छ । माउरिन्होका एजेन्ट जोर्जे मेन्डिस युनाइेड अफिसिलयलाई भेट्न मंगलबार लन्डन पुगेका थिए ।
मंगलबार सम्झौता घोषणा हुने बताइएपनि त्यसका लागि अब यो साताभर लाग्न सक्ने अनुमान गरिएको छ ।
लुइस भान गाललाई युनाइेडले सोमबार बर्खास्त गरेको थियो । एफए कप जितेको दुई दिन पछि युनाइटेडले ६४ बर्षे भान गाललाई बर्खास्त गरेको हो । उनको प्रशिक्षणमा युनाइटेडले पाँचौ) स्थानमा रहँदै प्रिमियर लिगको अन्त्य गरेको थियो । जसका कारण टोली अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन सकेन ।
नेदरल्यान्ड्सका पूर्व प्रशिक्षक समेत रहेका भान गालले युनाइटेडलाई आक्रामक फुटबल खेलाउन नसकेको आरोप खेप्नु परेको थियो । यो सिजन युनाइटेडले मात्र ४९ गोल गरेको थियो ।