default_image

5 years ago

July 1, 2019

ब्राजिलविरुद्ध हालसम्म मेस्सीले गरेको प्रदर्शन

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना आमने-सामने हुँदैछन् । अर्जेन्टिनाले भेनेजुएलालाई २-० ले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गर्दा ब्राजिलले पाराग्वेको चुनौती पन्छाएको थियो । अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेपनि यसपटक टोलीको प्रदर्शन भने सन्तोषजनक हुन सकेको छैन । विशेषगरी कप्तान लिओनेल मेस्सीबाट गरिएको अपेक्षा निराशामा परिणत भएको छ । […]

26 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना आमने-सामने हुँदैछन् । अर्जेन्टिनाले भेनेजुएलालाई २-० ले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गर्दा ब्राजिलले पाराग्वेको चुनौती पन्छाएको थियो ।

सन् २०१२ मा ब्राजिलविरुद्ध ह्याट्रिक गरेपछि मेस्सी

अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेपनि यसपटक टोलीको प्रदर्शन भने सन्तोषजनक हुन सकेको छैन । विशेषगरी कप्तान लिओनेल मेस्सीबाट गरिएको अपेक्षा निराशामा परिणत भएको छ । मेस्सीले ब्राजिलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई फाइनलसम्म डोर्याए प्रतियोगितामा राम्रो छाप छाड्नेछन् । घरेलु टोली ब्राजिल प्रतियोगितामा अपराजित छ । प्रतियोगिताभर कुनै गोल नखाएको ब्राजिल पनि उपाधिको बलियो दाबेदार हो ।

मेस्सीले ब्राजिलविरुद्ध पहिलो खेल सन् २००६ को विश्वकपपछि खेलेका थिए । दुवै टोली विश्वकपको क्वाटरफाइनलमा पराजित भएपछि खेलिएको मैत्रीपूर्ण खेलमा ब्राजिल ३-० ले विजयी रहेको थियो । त्यसपछि सन् २००७ को कोपा अमेरिका फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ३-० ले नै हराउँदै उपाधिमा कब्जा गर्यो । मेस्सीले उक्त प्रतियोगितामा २ गोल र १ असिस्ट योगदान दिएका थिए ।

मेस्सीले सन् २०१० मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलविरुद्ध पहिलो गोल गरे । ब्राजिलविरुद्ध खेलेको पाँचौ खेलमा गोल गर्न सफल मेस्सीले उत्कृष्ट गोल गर्दै टोलीलाई १-० को जित दिलाएका थिए । त्यसपछि सन् २०१२ मा अमेरिकाको न्यू जर्सीमा ८० हजार समर्थकमाझ मेस्सीले ब्राजिलविरुद्ध ह्याट्रिक पनि गरे । अर्जेन्टिना र ब्राजिलबिचको खेलमा ह्याट्रिक गर्न सफल खेलाडीमा पेले र मेस्सीमात्र रहेका छन् । उक्त खेलमा मेस्सीले ८५ औं मिनेटमा ह्याट्रिक पूरा गर्दा अर्जेन्टिना ४-३ ले विजयी रहेको थियो ।

मेस्सीले ब्राजिलविरुद्ध खेलेका ९ खेलमा ४ गोल गरेका छन् । उनले सबै गोल मैत्रीपूर्ण खेलमा गरेका हुन् । मेस्सीले अझैपनि विश्वकप छनोट वा कोपा अमेरिकामा ब्राजिलविरुद्ध गोल गर्न सकेका छैनन् । मेस्सी अर्जेन्टिनालाई पाँचौ फाइनलमा पुर्याउने लक्ष्यसाथ मैदानमा उत्रनेछन् । त्योभन्दा ठूलो लक्ष्य उनले अर्जेन्टिनाबाट खेल्दै उपाधि खडेरी तोड्नु हुनेछ ।

यो पनि : ‘मेस्सी इतिहासकै उत्कृष्ट’ – ब्राजिलियन डिफेन्डर सिल्भा

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.