6 years ago
July 23, 2019
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड गेराथ बेलको विषयमा अपमानजनक टिपप्णी गरेको उनका एजेन्ट जोनाथन बार्नेटले बताएका छन् । उनले बेलले चाडो भन्दा चाडो क्लब छोड्ने पनि बताएका छन् ।

प्रि सिजनका लागि अमेरिका भ्रमणमा रहेको रियलका प्रशिक्षक जिदानले पत्रकार सम्मेलनमा बेलले २४ देखि ४८ घन्टामा क्लब छाडिसक्ने बताएका थिए । बार्नेटले क्लबसँगको सम्झौताका आधारमा बेलले क्लब छाड्ने प्रष्ट पार्दै जिदानले धकेलेका आधारमा नछाडिने बताएका छन् । उनले बेल अहिले पनि विश्वका उत्कृष्ट खेलाडी मध्ये एक भएको बताएका छन् ।
‘ रियलका लागि त्यत्तिको योगदान गरेको खेलाडीका लागि जिदानले अपमानजनक रुपमा बोलेका छन् । कसरी र कहिले क्लब छाड्ने भने बेलको विषय हो । यसमा जिदानले दबाब दिन मिल्दैन,’ एजेन्ट बार्नेटले भने,‘ बेल अहिले पनि विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । बजारका हिसाबमा उनी शीर्ष ५ खेलाडीमा पर्दछन् । उनी भविष्यमा पनि ठूलो क्लबमा जानेछन् ।’
बेलका विषयमा जिदानले भने आफ्नो धारणा परिवर्तन गर्ने सम्भावन कम छ । तर, पारिश्रमिकका कारण बेललाई किन्नका लागि ठूलो आर्थिक भार पर्नेछ । कतिपयले उनी चीनको क्लबमा आबद्ध हुने वा पेरिस सेन्ट जर्मेन (पिएसजी) जान सक्ने अनुमान गरेका छन् । पिएसजी आफै पनि नेयमारका विषयमा अलमलमा छ । बेल र नेयमार सट्टा गर्ने विषयमा पनि चर्चा हुन सक्ने अनुमान गरिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]