default_image

6 years ago

August 1, 2019

रियल मैदानमा भिड्दा बेल गल्फमा मस्त!

129 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड टोटेनह्यामसँग प्रतिस्पर्धा गरिरहँदा टोलीका स्टार खेलाडी गेराथ बेल भने गल्फ खेलिरहेको तस्बिर सार्वजनिक भएको छ । तर, सन्चो नभएका कारण उनी म्युनिख नगएको बताइऐको थियो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले बेल विरामी परेका कारण बेल जर्मनी नजाने बताएका थिए । जर्मनीमा प्रि सिजन खेल अन्तर्गत रियलले बेलको पूर्व क्लब टोटेनह्यामको सामना गरेको थियो । तर, बेलले भने पहिला नै आफु म्युनिख नजाने बताएका थिए ।

प्रि सिजनकै दौरान चिनिया क्लबको प्रस्तावलाई रियलले अस्वीकार गरेको खबर सार्वजनिक भएको थियो । जिदान उनलाई क्लबमा राख्ने पक्षमा छैनन् भने बेल छोड्ने मनस्थितिमा देखिदैनन् । सो खेलमा रियल १–० ले पराजित भएको थियो ।

त्यहि समय बेल भने गल्फ खेलिरहेका थिए । उनका एजेन्टले पनि उनी गल्फ कोर्ष गएको स्वीकारेका छन् । उता जिदानले भनेका थिए, उनले सन्चो अनुभव गरेका छैनन् । त्यसैले डक्टरको सल्लाह अनुसार उनी म्याड्रिडमै बसेका हुन् । स्पेनिस पत्रिकाले भने उनी बान्को स्टान्डर सिटीमा गल्फ खेलिरहेको बताए । बेलले १४ होलसम्म साँझ ८ बजे सम्म खेलेका थिए । स्थानिय समयअनुसार गल्फ ६ बजे साझ सुरु भएको थियो ।

जिदानसँग सम्बन्ध चिसिएका कारण अब उनी टोलीको पहिलो रोजाइमा पर्ने विषयमा पनि शंका रहेको छ । जिदानले उनी छिट्टै क्लब छोड्ने छन् भन्ने बताएका थिए ।

त्यहि बीचमा चिनिया क्लबले उनीमाथि चासो राखेको थियो । तर, मार्को एसेन्सियो घाइते भएपछि भने बेललाई क्लबमै राखिने सम्भवना रहेको बताइन्छ । जिदानले एसेन्सियोलाई पहिलो रोजाईमा खेलाउँदै आएका थिए ।

न्यू जर्सीमा शनिबार मात्र रियल ला लिगा प्रतिद्वन्द्वि एटलेटिकोसँग ७–३ ले पराजित भएको थियो । रियल अब भने बेललाई नबेच्ने सोचमा पुगेको बुझिएको छ । जिदानले बेलालई नरुचाउने उनका एजेन्टले प्रष्ट पारेका थिए । उनीहरुबीचमा कुनै सम्बन्ध छैन , एजेन्टले भनेका थिए ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.