खुम्जुङ स्कुल एल्मुनाई एसोसिएसनका टीम बिजेता र खुम्जङ माध्यमिक बिधालयको टीम उपबिजेता भएका छन् l खुम्जुङ स्कुल एल्मुनाई एसोसिएसनका टीम सेमिफाइनलमा मन्जो टीमसंग ३-१ को गोलअन्तरले बिजेता भई फाइनलमा प्रवेश गरेको थियो l
त्यस्तै खुम्जुङ माध्यमिक बिधालयको टीमले नाम्चे टीमलाई ६-० को गोल अन्तरले बिजेता भई फाइनलमा प्रवेश गरेको थियो l यसरी फाइनलमा प्रवेश गरेका दुई टीम बीच ४५-४५ मिनेटको खेलमा ६-३ गोल अन्तरले खुम्जुङ स्कुल एल्मुनाई एसोसिएसनले खुम्जुंङ माध्यमिक बिधालयको टीम माथि बिजय हासिल गरेको थियो l यस खेलमा बेस्ट प्लयेर्स फिन्जो सोनाम शेर्पा खुम्जुङ माध्यमिक बिधालय टीमको भएको छ l त्यस्तै उत्कृष्ट गोल रक्षकको उपाधि खुम्जुङ माध्यमिक बिधालयकै पेम्बा दोर्जी शेर्पाले चुमेको छ l
त्यस्तै सर्वादिक गोल कर्ता खुम्जुङ स्कुल एल्मुनाई एसोसिएसनका वाङदी शेर्पा भएको छ lयस खेलमा उत्कृष्ट डिफेन्स र स्ट्रिगारमा क्रमस खुम्जुंङ माध्यमिक बिधालय हरी बि.क र खुम्जुङ् स्कुल एल्मुनाई एसोसिएसनको फुरा छिरी शेर्पाले प्राप्त गरेको छ l यस खेलमा अनुशासित टीमको रुपमा नाम्चे टीमलाई चुनिएरा ट्रफी प्रदान गरिएको थियो l खेलमा प्रथमलाई नगद राशी रु ४००००/- ट्रफी,मेडल र सर्टिफिकेट प्रदान गरिएको छ भने दोस्रोलाई नगद राशी रु २००००/- ट्रफी,मेडल र सर्टिफिकेट प्रदान गरिएको छ l