default_image

10 years ago

June 2, 2016

ललित स्मृति फुटबलमा १२ टोली भिड्ने

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको एक बर्ष पुरा भएकै दिन जेठ २९ बाट प्रतियोगिता सञ्चालन गर्ने निर्णय हिजोको बैठकबाट गरेको थियो । श्रेष्ठको गत बर्ष भैसिपाटीस्थित नयाँ घर सरेकै दिन करेन्ट लागेर मृत्यु भएको थियो ।

Kiran

फाइल फोटो – सुदर्शन रन्जित

राजधानीमा रहेका ८ ए डिभिजन क्लब र गत बर्ष राष्ट्रिय लिगमा भाग लिने मोफसलका चार टोली गरि १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ए डिभिजनका १२ मध्ये दुई क्लब हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबलाई एन्फाले सहभागिताका लागि पत्राचार गरे भने मछिन्द्र र बिग्रेड ब्वाइज क्लबले सहभागिता नहुने बताए ।
एन्फाले हिमालयन र फ्रेन्ड्समाथि लगाएको प्रतिबन्ध अझै फुकुवा गरि नसकेकाले पत्राचार नगरेको प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए । फुटबल क्लब समन्वय समितिबाट अलग नभएसम्म २०७२ साल भरि कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने गरि दुई क्लबमाथि एन्फाले प्रतिबन्ध लगाएको थियो । यपद्दी तुलाधरले फुटबलमा नयाँ परिस्थितिको सृजना भएको र दुई क्लबले खेल्न चाहेकमा केही दिन समय सारेर पनि प्रतियोगिता गर्न सकिने जानकारी दिए ।
यु १८ मा भाग लिने क्लबमा तीन विभागिय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, संकटा, जावलाखेल र सरस्वती तथा मोसफलका झापा ११, मोरङ ११, लुम्बिनी र सुदूर पश्चिमाञ्चल फुटबल छन् । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन हुने । लिग कम नकआउट पछि हरेक समूहको शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछ । तयारी वापत एन्फाले हरेक टोलीलाई १ लाख रुपैयाँ दिने भएको छ ।
ललित स्मृति यु १८ फुटबल प्रतियोगिता एन्फाले दशरथ रंगशालामा सञ्चालन गर्ने भएको छ । गत बर्ष वैशाख १२ को विनाशकारी भूकम्पपछि रंगशालामा फुटबल हुन लागेको यो पहिलो पटक हो । तथापी रंगशालामा बेला बेलामा मैत्रीपूर्ण खेल भने सञ्चालन हुँदै आएका छन् । एन्फामा सि डिभिजन लिग सञ्चालन भइरहेका कारणले यु १८ रंगशालामा गर्न लागेको एन्फाले जनाएको छ ।
जेठ २९ गते नै एन्फाले स्वर्गिय श्रेष्ठको अर्धकदको सालिक एन्फा कम्प्लेक्स सातदोबाटोमा स्थापना गर्ने भएको छ ।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.