10 years ago
June 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – लाओससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको चार दिनपछि सार्वजनिक भएको फिफा वरियतामा नेपाल २ स्थान तल झर्दै १ सय ८२ औं स्थानमा पुगेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जुन महिनाका लागि बिहीबार वरियता क्रम सार्वजनिक गर्दा नेपाल दक्षिण एसियालको पाँचौं स्थानमा पुगेको हो । मे महिनामा नेपाल १ सय ८० औं स्थानमा छ । जेठ १६ गते लाओससँग १–१ को बराबरी खेलेकाले अर्को महिना नेपालको वरियतामा सुधार हुने सम्भावना छ ।
नेपाल दक्षिण एसियाली राष्ट्रबीच पाँचौं स्थानमा रहेको छ । नेपाललाई अफगानिस्तान, भारत, माल्दिभ्स र बंगलादेशले पछि रहेको नेपाल भुटान, श्रीलंका र पाकिस्तानभन्दा माथि छ ।
९ स्थान तल झरेर १ सय ५६ औं स्थानमा पुगेपछि दक्षिण एसियालमा शीर्षस्थानमा छ । एक स्थान घटुवा भएको भारत १ सय ६३ औं स्थानका छ । १४ स्थान तल झर्दै माल्दिभ्स १ सय ७४ औं स्थानको छ । बंगलादेश १ सय ८१ औंमा रहने क्रममा तीन स्थान तल झरेको छ ।
भुटान १ सय ८८ औं ,श्रीलंका १ सय ८९ औं स्थानमा र पाकिस्तान १ सय ९२ औं स्थानमा छ ।
अर्जेन्टिना फिफा वरियताको शीर्षस्थान र बेल्जियम दोस्रोमा यथावत छ । कोलम्बिया तेस्रो स्थानमा उक्लदा विश्वकप विजेता जर्मनी चौथोमा पुगेको छ भने चिली पाचौं स्थानमा छ ।
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]