6 years ago
August 27, 2019
एजेन्सी – यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इटाली पुगेका रोमेलु लुकाकुको डेब्यु गोलसँगै इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा इन्टर मिलानले लिसमाथि ४–० को फराकिलो जित हात पारेको हो ।

यससँगै नयाँ प्रशिक्षक एन्टेनियो कोन्टे र नयाँ खेलाडी रोमेलु लुकाकुले सिरी ‘ए’ मा सुखद सुरुवात गरेको छ । प्रशिक्षक कोन्टे लन्डन क्लब चेल्सीबाट बाट तथा खेलाडी लुकाकु यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान पुगेका थिए ।

स्टेडियो जियोसिप्पी मेज्जा मिलानोमा सोमबार राति एकपक्षीय बनेको खेलमा इन्टर मिलानले खेलको २१औं मिनेटमा मार्सेलो ब्रोजोभिकको गोलबाट अग्रता लिएको थियो । २४औं मिनेटमा स्टेफानो सेन्सीले गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

६०औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि इन्टर मिलान खेलमा ३–० ले अघि बढेको थियो । ८४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाले गोल गर्दै इन्टर मिलानलाई ४–० को प्रभावशाली जित दिलाए ।
जितसँगै मिलानले १ खेलबाट ३ अंक जोडेको छ । पराजित लिस अंकविहीन छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]