6 years ago
August 27, 2019
एजेन्सी – युरोपेली फुटबलको ट्रान्सफर विन्डो अन्त्यतिर पुग्दा लामो समयदेखि चर्चामा रहेको नेयमारको ट्रान्सफरले पनि अब टुंगो लिने देखिन्छ ।

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनासामु नेयमारलाई अनुबन्धन गर्नका लागि आफ्नो माग अगाडि सारेको छ । केहि दिन अघिमात्र बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको पीएसजीले बार्सिलोनासँग दुई खेलाडी र १ सय मिलियन माग गरेको हो । पीएसजीले फरवार्ड ओस्मान डेम्बेले र डिफेन्डर नेल्सन सेमेडोलाई नेयमारको ट्रान्सफरमा संलग्न गराउन माग राखेको छ ।
बार्सिलोनाका प्रतिनिधि नेयमारबारे अन्तिम छलफलका लागि पेरिस पुगेका छन् । दुई क्लबबीच मंगलबार दिउँसो पेरिसमा अन्तिम बैठक बस्ने फ्रान्सेली संचारमाध्यमले जनाएका छन् । बार्सिलोनाको प्रयास सफल नभएमा रियल म्याड्रिडले पनि पीएसजीलाई आफ्नो प्रस्ताव अगाडी सार्नेछ । नेयमारले बार्सिलोनालाई प्राथमिकतामा राखेकाले पीएसजीले रियलअघि क्याटलान क्लबसँग छलफल गरेको हो ।
बार्सिलोनाले डेम्बेलेलाई प्रस्तावमा संलग्न गर्न तयार भएपनि सेमेडोबारे भने क्लब प्रतिनिधिहरु विभाजित रहेका छन् । सर्जी रोबर्टो र मौसा वाग मात्र उक्त पोजिसनमा रहेकाले पनि बार्सिलोनाले सेमेडोबारे गम्भीर रुपमा सोचेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]