default_image

6 years ago

August 27, 2019

बंगलादेशमाथि नेपालको सानदार जित

132 views

0 Bookmark

एजेन्सी – साफ यू-१५ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा कृष्ण यादवले र कप्तान प्रदीप लम्सालले २-२ गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कृष्णको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । ५२ अौं मिनेटमा प्रदीपले अग्रता दोब्बर पारे ।

७९ अौं मिनेटमा बंगलादेशका मियाले अग्रता घटाएपछि त्यसको केहि मिनेटमा नै प्रदीपले नेपाललाई ३-१ ले अगाडि बढाए । खेलको २ मिनेट समय बाँकी रहँदा कृष्णले गोल गर्दै जित पक्का गरे ।

यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश र‌ नेपालको समान ६-६ अंक भएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको छ । लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्षस्थानमा छ । भारतले आजै भएको खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको थियो ।

पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २-० को जित दर्ता गरेको थियो ।

नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.