6 years ago
August 27, 2019
एजेन्सी – युरोपेली ट्रान्सफर विन्डोमा यसपटक नेयमार चर्चाको केन्द्रविन्दु बने । ट्रान्सफर विन्डो सुरु भएदेखि उनको स्थानान्तरणलाई लिएर सुरु भएको चर्चा अब केहि दिन बाँकी हुँदा पनि सेलाएको छैन ।

स्पेनिस क्लब रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाले औपचारिक रुपमा नै पेरिस सेन्ट जर्मेन (पीएसजी) सामु प्रस्ताव राख्दा दुवैलाई फ्रान्सेली क्लबले नकारेको अवस्था छ । बार्सिलोनाले नेयमारलाई क्लबमा आबद्ध गर्न अर्को प्रस्ताव तयारी पार्दै गर्दा नेयमारले पीएसजीसामु आफू बार्सिलोना मात्र जाने प्रष्ट पारेका छन् ।
स्पेनिस संचारमाध्यम मार्साका अनुसार सोमबार नेयमारले पीएसजीका निर्देशक लिओनार्डोलाई सम्पर्क गर्दै आफ्नो निर्णय सुनाएका हुन् । नेयमारले आफ्नो पूर्वक्लबमा नै फर्कन चाहेको निर्देशकसमक्ष प्रष्ट पारेका छन् । यसअघि नेयमार बार्सिलोनाबाट नै विश्व कीर्तिमानी रकममा पीएसजी आएका थिए । पीएसजीमा उनले मैदानभित्र र बाहिर निकै आलोचना खेपेपछि क्लब छाड्ने निर्णय गरेका हुन् ।
रियल म्याड्रिड र युभेन्ट्सले पनि नेयमारको अवस्थालाई नजिकबाट नियालिरहेको र बार्सिलोनाको प्रस्ताव सफल नभए आफ्नो प्रस्ताव अगाडि बढाउने लक्ष्य राखेका छन् । दुवै क्लबले आफ्नो रोजाइमा नरहेका फरवार्डलाई नेयमार भित्र्याउन प्रयोग गर्ने बुझिएको छ । रियलले ग्यारेथ बेल तथा युभेन्ट्सले पाउलो डिबालालाई फ्रान्स पठाएर नेयमारलाई क्लबमा आबद्ध गर्ने प्रस्ताव आगाडि सार्ने सम्भावना छ ।

यद्यपी बार्सिलोना र पीएसजीका प्रतिनिधि हाल पेरिसमा छन् । दुवै क्लब प्रतिनिधिबीच मंगलबार बैठक बस्ने बुझिएको छ । पीएसजीले नेयमारका लागि ओस्मान डेम्बेले र नेल्सन सेमेडोसँगै १ सय मिलियिन युरो माग गरिरहँदा बार्सिलोना भने सेमेडोलाई सकेसम्म क्लबमा नै राख्ने योजनामा छ । सेमेडो आफैंपनि क्लब छाड्ने पक्षमा नरहेको बुझिएको छ ।
युरोपेली ट्रान्सफर विन्डोको ६ दिन मात्र समय बाँकी रहँदा सबै पक्ष उचित निर्णयको पर्खाइमा छन् । पीएसजीमा पनि चोटका कारण एडिन्सन काभानी र किलीयन एमबाप्पे घाइते भएपछि नेयमारबारे निर्णयको पर्खाइ रहेको छ । प्रशिक्षक थोमस टुचेलले नेयमारबारे यकिन निर्णय भएपछि मात्र उनलाई खेलाउने बताएका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]