6 years ago
August 28, 2019
एजेन्सी – ग्रीसको ओलम्पियाकोस युइएफए च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको छ ।

प्ले अफमा मंगलबार राति भएको खेलमा ओलम्पियाकोसले रसियन एफसी क्रासनोडरलाई २–१ ले पराजित गर्दै समूह चरणमा पुग्न सफल भएको हो ।
ओलम्पियाकोस समग्रमा ६–१ को जितसहित अघि बढेको हो । पहिलो लेगमा ओलम्पियाकोस ४–० ले विजयी भएको थियो ।
एफसी क्रासनोडरको घरेलु मैदानमा ओलम्पियाकोस खेलको १०औं मिनेटमा ड्यानिल अट्किनको गोलमा पछि परेको थियो । तर, त्यसको १ मिनेटपछि नै युसेफ इएल अरावीले बराबरी गोल फर्काए ।
४८औं मिनेटमा युसेफले नै गोल गर्दै ओलम्पियालाई २–१ को जित दिलाए ।
प्ले अफको अन्य खेलको नतिजा
रोसेनवर्गविरुद्ध डाइनामो जाग्रिव (१–१)(१–३)
एफके जेभेज्दाविरुद्ध योङ ब्वाइज (१–१) (३–३)
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]