6 years ago
September 3, 2019
एजेन्सी – खेल जीवन जोगाउनका लागि पनि अलेक्स सान्चेजले म्यानचेस्टर युनाइटेड छोड्नु परेको प्रशिक्षक ओले गुनार सोल्सिजरले बताएका छन् । एक सिजनका लागि सान्चेज युनाइटेडबाट बिहीबार इन्टर मिलानमा आबद्ध भएका छन् ।

१८ महिना अघि आर्सनलबाट युनाइटेड पुगेका सान्चेज त्यहाँ प्रभाव जमाउन असफल भएका थिए । आर्सनल छाडेपछि उनले जम्मा तीन गोलमात्र गरेका थिए । जसका कारण उनी पहिलो रोजाईमा पर्न सकेनन् ।
‘उनी जान आवश्यक थियो । यहाँ उनका लागि सोचे जस्तो रहेन । नियमित टोलीमा पर्न गोल गर्नका लागि उनले फेरि सुरुवात गर्न जरुरी छ,’ उनले भने,‘ त्यसले सबैलाई फाइदा पुग्नेछ । हामीले उनलाई हरेक साता रोमेलु लुकाकुसँग खेलेको देख्न पाउनेछौं । मलाई आशा छ उनी त्यहाँबाट उत्कृष्ट भएर फर्कनेछन् । उनले युनाइटेडको पहिलो रोजाईको फरवार्ड तय गरिसकेको पनि उनले प्रष्ट पारे । उनले थपे,‘ एन्टोनी मार्सियल, मार्कुस रासफोर्ड र मासन ग्रिनउड नै हाम्रो सेन्टर फरवार्ड हुन् ।’
सिजनका सुरुवाती तीन खेलमा १७ वर्षे ग्रिनउडले वैकल्पिक रुपमा मैदान प्रवेश गर्दै आएका छन् । ‘ग्रिनउड नियमित खेल्ने अवस्थामा अलिक छैनन्,’ उनले भने,‘ उनी आधा एक घन्टा खेल्नेछन् । उनी सिक्ने क्रममा छन् । उनले मार्सियल र रासफोर्डलाई साथ दिनेछन् ।’
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]