6 years ago
September 4, 2019
एजेन्सी – एलेक्सिस सान्चेजले इटाली पुगेपछि मौनता तोडेका छन् । म्यानचेस्टर युनाइटेडबाट एक वर्षका लागि लोनमा सिरि ए क्लब इन्टर मिलान पुगेपछि आफ्नो धारणा सर्वजनिक गरेका हुन् ।

सन् २०१७ मा आर्सनलबाट युनाइटेड पुगेका सान्चेजको त्यहाँको बसाई बिर्सन लायक रह्यो । उनले ४५ खेलमा मात्र ५ गोल गरे । जबकी चिलियन फरवार्ड युनाइटेडमा सर्वाधिक पारिश्रमिक ५ लाख ६० लाख पाउन्ड लिन्थे ।
अोल्ड ट्राफोर्डमा फ्लप भएपछि ३० वर्षे फरवार्डलाई इन्टर लोमा पठाइएको छ । इटाली पुगेपछि उनले युनाइटेडमा आफुले कम मौका पाएकै कारण राम्रो प्रदर्शन गर्न नसकेको बताएका छन् ।
‘यदि उनीहरुले मलाई पुरा समय दिन्थे भने म राम्रो खेल्न सक्थे, ‘ उनले भनेका छन्,’ तर मैले कहिले ६० मिनेट खेल्न पाए । अनि नियमित खेल्न पाउथिन । किन थाह छैन ।’
यसबीचमा क्लबमा भन्दा राष्ट्रिय टोलीमा उनको प्रदर्शन स्मरण योग्य रह्थ्यो । ‘म राष्ट्रिय टोलीबाट खेल्दा निकै खुसी हुन्थे,’ उनले थपे, ‘युनाइटेडबाट खेल्दा नि खुसी हुन्थे । तर, म सधै साथीहरुलाई भन्दो म खेल्न चाहन्छु । यदि मैले बढी समय खेल्न पाउथे भने उच्च प्रदर्शन गर्न सक्थे ।’

उनले आर्सनल छाडेर युनाटेड राज्दा आफुलाई अहिले कुनै पछुतो नभएको पनि सान्चेजले बताएका छन् । त्यहाँ गएकोमा मलाई कुनै पछुतो छैन । युनाइटेड जादा म खुसी छु । मैले त्यो सधै भन्दै आएको छु, ‘उनले थपे ,’इग्ल्यान्डको सर्वाधिक क्लब हो युनाइटेड । आर्सनल हुँद पनि म खुसी थिए । युनाइटेडले खेलाडी किनि रहेको थियो । म त्यहाँ सबै जित्नका लागि गएको थिए । ‘
सान्चेज जनवरी २०१७ मा युनाइटेड पुगेका थिए । उनी र हेनरिक मखाटारियन युनाइटेड र आर्सनलले सट्टा गरेका थिए । त्यति बेला उनले प्रशिक्षक जोसे माउरिन्होलाई प्रभावित पार्न सकेनन् । माउरिन्हो मात्र होइन उनले ओले गुनार सोल्सिजरलाई पनि आकर्षित गर्न सकेनन् । उनले आफुलाई प्रमाणित गर्न तत्कालका लागि सान्चेजले युनाइटेड छाड्नु उत्तम हुने बताएका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]