default_image

5 years ago

September 4, 2019

रोहित : क्लबमा बेग्लै विरासत, देशका लागि प्रयासरत

21 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

एसियाको माथिल्लो स्तरको लिग मध्य इन्डोनेसियाको लिग पनि पर्दछ । समर्थक संख्याको हिसाब गर्ने हो भने विश्वकै उत्कृष्ट मध्यमा इन्डोसियाको लिगलाई गणना गर्न सकिन्छ । यहाँको ‘फ्यान कल्चर’ युरोपेली क्लबभन्दा पनि गजबको छ । इन्डोनेसिया लिग वानका क्लबले ४ विदेशी खेलाडी मात्र टोलीमा आबद्ध गर्न पाउँछन् । जसमा इन्डोसिया बाहेक एसियाका १ खेलाडी मध्ये राख्न पाउने प्रावधान छ ।

दक्षिण कोरिया, अष्ट्रेलिया, जापानजस्ता देशका खेलाडी उपलब्ध हुँदाहुँदै एसियाको एउटा कोटामा पर्नु नेपाली खेलाडीका लागि आफैंमा चुनौतिपूर्ण छ । त्यसमा पनि ब्राजिल, क्रोएसिया, घाना, लगायत विश्व फुटबलमै दबदबा कायम गरेका देशका खेलाडीलाई पछि पार्दै अब्बल सावित प्रदर्शनका साथ लिगकै सर्वोत्कृष्ट खेलाडी हुन कति कठिन होला हामी अनुमान गर्न सक्छौं । तर, नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा खेलाडी रोहित चन्दले यी सबै चुनौती पार गर्दै त्यो दुर्लभ सफलता हासिल गरेका छन् ।

सुर्खेतको सामान्य परिवारमा जन्मेर एन्फा एकेडेमी, सहिद स्मारक ए डिभिजन लिग, भारतीय आई लिग हुँदै इन्डोनेसिया पुगेका रोहितले गत वर्ष पर्सिजालाई क्लबको ९० वर्षको इतिहासमै पहिलोपल्ट लिग च्याम्पियन बनाए । त्यति मात्र होइन उनी युरोप र दक्षिण अमेरिकी खेलाडीलाई पछि पार्दै लिगकै सर्वोत्कृष्ट खेलाडीका रुपमा आफूलाई उभ्याउन सफल भए । चोटका कारण त्यसअघि एक वर्ष मैदान बाहिर रहेका रोहितले मैदानमा पुनरागमन मात्र गरेनन्, आफूलाई उच्च स्तरको फुटबलमा प्रमाणित पनि गरे ।

नेपाली फुटबललाई नजिकबाट विश्लेषण गर्दै आएका सञ्जिव मिश्रको भनाई मान्ने हो भने रोहित नेपाली फुटबल प्राप्त गरेको अहिले सम्मका उत्कृष्ट खेलाडी हुन् । यद्दपी उनका पनि आफ्नै भोगाई छन् । क्लब फुटबल अझ भनौं व्यवसायिक फुटबल सबैभन्दा सफल नेपाली खेलाडी हुन् उनी । तर, राष्ट्रिय टोलीले प्राप्त गरेको पछिल्ला केहि सफलतामा उनी टोलीमा थिएनन् । चोटले उनलाई टोलीका अन्य खेलाडीसँगै मैदानमा उत्रने अनुमति दिएन ।

चोट लागेपछि रिह्याबका क्रममा रोहित

सन् २०१६ नोभेम्बरमा नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताका रुपमा रहेको एएफसी सोलिडारिटी कप जित्दा उनी त्यसको सदस्य हुन सकेनन् । त्यहि वर्ष सुरुवातमा नेपालले बंगलादेशमा बंगबन्धु गोल्ड कपको र यू २३ टोलीले दक्षिण एसियाली खेलकुदको १२ औं संस्करणमा स्वर्ण पदक जितेको थियो । ती सबै सफलतामा उनी दर्शकका रुपमा सिमित भए । देशको सफलतामा अन्य समर्थक जत्तिकै उनको पनि खुसीको सिमा रहेन । तर उनले मैदानभित्रै रहेर त्यसको खुसी साट्न पाएनन् । त्यसमा भने उनलाई खल्लो लाग्छ ।

सन् २०१६ को जनवरीमा मलेसियाली क्लब टि टिममा अनुबन्ध भएर प्रशिक्षणका क्रममा नै रोहितको एसीएल शल्यक्रिया गर्नुपर्ने भएको थियो । यो फुटबलमा धेरै लाग्ने चोटमा पर्छ र राम्रो उपचार र हेरचाह नगरे करीअर नै सिध्याउने सामर्थ्य पनि राख्दछ । नेपाली फुटबलमा यसै चोटबाट कलकलाउँदो करीअर अन्त्य भएका उदाहरण पनि छन् । रोहितले हतारमा मैदान प्रवेश गरेको भए नियतिले उनलाई त्यसै सुचिमा डोर्याउने डर थियो । तर रोहितले धैर्य गरे ।

‘मेरो लागि त्यो समय दुर्भाग्य नै भन्नु पर्दछ’, रोहितले स्मरण गरे, ‘देशको सफलतामा साह्रै खुसी छु । एउटा खेलाडी त्यसमा हुनु नहुनु भन्दा टोली जित्नु ठूलो कुरा हो । यद्दपी नियमित सदस्य भएर पनि चोटका कारण मैदानमा हुन नपाउँदा दुःख त लाग्छ । म शल्यक्रिया सकिएपछि रिह्याबका क्रममा मैदान पुग्थें । अन्य साथिहरु प्रशिक्षणमा देख्दा जाउँ जाउँ लाग्थ्यो तर आफूलाई सम्हालें ।’

सन् २००९ मा स्वदेशमै राष्ट्रिय टोलीबाट डेब्यू गरेका रोहितलाई देशका लागि केहि गर्ने धोको बाँकी छ । उनले त्यसबेला लिग फुटबल नै नखेल्दा राष्ट्रिय टोलीको जर्सी पहिरिएका थिए । एक सिजन मछिन्द्रको कप्तानी गरेपछि विदेशी लिगमा होमिएका रोहित निकट भविष्यमा नेपालमै खेल्न चाहन्छन् । ‘यति लामो समयदेखि देश बाहिर बसेर खेलिरहेको छु । देशमा भन्दा बाहिर नै बढि खेलेको छु । आफ्नै समर्थकमाझ खेलेर नेपाली फुटबलका लागि केहि गर्ने धोको छ तर यस्तो अवस्थामा होइन । कम्तीमा नियमित फुटबल भएर राम्रो व्यवस्थापन आवश्यक छ,’ उनले भने, ‘मैले अहिलेको अवस्थामा दिने भनेको राष्ट्रिय टोलीबाट जति सक्दो राम्रो खेल्ने हो । व्यक्तिगत रुपमा आफ्नो तर्फबाट शतप्रतिशत दिने मेरो कोशिस हुन्छ । तर, दुर्भाग्य अहिले सम्म सफलता हात लागेको छैन । त्यसमा कहिं न कहिं खिन्न लाग्छ । ‘

पहिलो पटक विश्वकप छनोटको दोस्रो चरण खेल्न पाउँदा व्यक्तिगत रुपमा निकै उत्साहित उनले हाम्रो खेलकुदसँग भने, ‘हामीले आफ्नो स्तर जाच्ने राम्रो अवसर पाउनेछौं । राम्रो टोलीहरुसँग खेल्दा व्यक्तिगत रुपमा मेरो स्तर के छ भन्ने थाहा हुन्छ । म व्यक्तिगत रुपमा निकै उत्साहित छु की हामीले विश्व कप छनोटमा एसियाका राम्रा टोलीविरुद्ध खेल्दैछौं । ‘

विश्वकप छनोटको समूह चरणको पहिलो खेलमा नेपाल कुवेतविरुद्ध उत्रदैंछ । नेपाल र कुवेतबीच पहिलो खेल बिहीबार हुँदैछ । त्यस्तै भदौ २४ गते नेपालले चाइनिज ताइपेको सामना गर्नेछ । यी दुई खेलका लागि रोहित इन्डोनेसियाबाट स्वदेश फर्केका थिए । अहिले उनी टोलीका साथ कुवेतमा छन् । नेपालको समूहमा कुवेत, चाइनिज ताइपेसहित अस्ट्रेलिया र जोर्डन छन् ।

२०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको अफगानिस्तानसँग सेमिफाइनलमा रोहितले पेनाल्टी चुकाएका थिए । दुई पटक सम्म पाएको पेनाल्टी चुकाएका उनी त्यसलाई आफ्नो खेल जीवनको कालो दिन मान्छन् । ‘त्यो मेरो लागि त्यो कालो दिन थियो’ , उनले स्मरण गरे, ‘त्यो मेरो लागि एउटा शिक्षा पनि थियो । अझै बलियो बन्ने कोसिस गरेको छु,’ साफ च्याम्पियनसिप मुख्य लक्ष्य बनाएर अघि बढेपनि सफलता पाउन नसकेकोमा भने दुःख लाग्ने गरेको उनले सुनाए ।

विसं २०६६/०६७ मा मच्छिन्द्र क्लबबाट पहिलो पटक सहिद स्मारक ए डिभिजन लिग खेलेका रोहितको फेरि घरेलु लिग खेलेका छैनन् । यो एकदशक उनले भारतीय लिग (आइलिग ) एचएएल, इन्डोनेसिया, मलेसिया हुँदै फेरि इन्डोनेसिया लिगको यात्रा तय गरे । उनलाई घरेलु लिग खेल्ने धित भने अझै मरेको छैन । ‘मलाई सहिद स्मारक ए डिभिजन लिग खेल्ने इच्छा छ । तर, अहिले पनि हाम्रो फुटबलमा स्थिरिता देखिन्न । निरन्तरता हुन सकेको छैन,’ पर्सिजा जकर्ताका मिडफिल्डरले थपे,’ यदि परिस्थिति अनकुल भएमा घर आएर पक्कै खेल्नेछु । खेल्न इच्छा अझै छ । तर कहिले भनेर यकिन भन्न सक्दिन । ‘

सर्वोत्कृष्ट खेलाडी र लिग उपाधिका साथ रोहित

चोटबाट पुनरागमन गर्ने क्रममा रोहितले सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबाट केहि नकआउट फुटबल खेले । चोटमुक्त भएर मनाङमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी दोस्रो पटक पर्सिजाबाट प्रस्ताव आएपछि इन्डोनेसिया हान्निएका थिए । त्यहाँ फर्केर रोहितले आफूलाई प्रमाणित गरे । उनी क्लबमा सर्वाधिक पछ्याउने खेलाडीमा पर्छन् । सामाजिक संजालनै मात्र हेर्दा पनि उनको क्रेज कति छ भन्ने प्रष्ट हुन्छ । समर्थकमाझ ‘हिमालयन टाइगर’ का नामले परिचित उनको नाममा समर्थकहरुले ब्यानरसँगै विशेष ‘च्यान्ट’ (नारा) नै गर्ने गरेका छन् ।

पर्सिजाले यस सिजनको सुरुवातमा रोहितको मागअनुसार सम्झौता नवीकरण गर्न आनाकानी गरेपछि समर्थकहरुले रोहितको माग गर्दै पर्सिजाको सामाजिक संजालमा व्यापक विरोध नै गरे । क्लबले अन्त्यमा रोहितलाई अनुबन्ध नगरी सुखै भएन । सिजनको खराब सुरुवातसँगै दोस्रो प्रशिक्षक आउँदा पनि रोहित पर्सिजाको टोलीमा नियमित छन् । उनको भनाइ मान्ने हो भने टोलीको खराब नतिजाका बाबजुद प्रशिक्षक उनको प्रदर्शनबाट पूर्ण सन्तुष्ट छन् । करिअरको सुरुवात डिफेन्डरका रुपमा गरेका रोहित बक्स टु बक्स मिडफिल्डको भूमिकामा जमेका छन् । विपक्षी आक्रमण डिफेन्डरसम्म नपुग्दै ढाल बन्ने रोहित आक्रमण सुरुवात गराउन पनि माहिर छन् ।

रोहितले साविक विजेता पर्सिजाको लिगमा सुखद सुरुवात नहुँदा दबाब बढेको स्वीकार गर्दै भने,’दबाब त पक्कै हुन्छ । एएफसी कप खेल्नु पर्ने भएकोले हाम्रो सिजन केहि चाडो सुरु पनि भयो । अर्को तिर हाम्रा केहि खेलाडी चोटग्रस्त छन् । त्यसको पनि असर परेको छ । आशा गरौं अब सुखद नतिजा आउनेछ । ‘

रोहित चन्दसँग लिइएको पूर्ण अन्तर्वार्ता :

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.