6 years ago
September 5, 2019
एजेन्सी – एसियाली राष्ट्र कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण गरिएको छ ।

विश्वकपको प्रतिक कतारको राजधानी दोहा, लन्डनको लेस्टर स्क्वायर, न्युयोर्कको टाइम्स स्क्वायर, फ्रान्सको गरे डु नर्ड पेरिसँगै विश्वको २७ मुख्य शहरबाट अनावरण शुरु गरिएको हो । कतार विश्वकपको दोस्रो चरणको पहिलो खेलहरु आजबाट शुरु हुदैछ ।

कतार विश्वकपको प्रतिकअरब संस्कृतिको आधारमा वुलन शलमा विन्टर सिजनको रिफ्लेक्ट हुने गरी निर्मित गरिएको छ ।
पहिलोपटक विन्टर सिजनमा हुने कतार विश्वकप २१ नोभेम्वरमा शुरु भएर १८ डिसेम्वरमा समापन हुनेछ । १८ डिसेम्वर कतारको राष्ट्रिय दिवस हो ।

कतारले २०१० मा नै २०२२ मा विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो । विश्वकप आयोजनाको लागि अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया र जापानलाई भोटिङमा पछि पारेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]