5 years ago
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा भाग लिन नेपाली महिला राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ ।
नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ । भदौ २२ गते आयोजक किर्गिस्तानसँगै खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । भदौ २३ गते उज्वेकिस्तानसँग खेलेपछि नेपालले त्यसको भोली पल्ट भदौ २४ गते ताजिकिस्तानको सामना गर्नेछ । राउन्ड रोविन लिग पछि भदौ २६ गते शीर्ष २ टोलीले उपाधिका लागि र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा यो प्रतियोगितालाई हेरिएको छ । महिला टोलीले गत वर्ष उच्च प्रदर्शन गरेको थियो । चैतमा विराटनगरमा साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि नेपाली टोलीले सन् २०२० ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो ।
त्यस्तै टोलीले भारतमा आयोजना भएको हिरो गोल्ड कपको फाइनल खेलेको थियो । त्यहि प्रतियोगितामा नेपालले भारतलाई पहिलो पटक महिला फुटबलमा पराजित गरेको थियो । त्यसअघि वा पछि नेपालले भारतलाई हराउन सकेको थिएन ।
नेपाल महिला फुटबल टोली
१.एन्जिला तुम्बापो सुब्बा
२.अन्जना राना मगर
३.पुनम जर्घामगर
४.हिरा कुमार भुजेल
५. अमृता जैशी
६.दिपा राई
७.रेनुका नगरकोटे
८.अनिता बस्नेत
९.मन्जली कुमारी योञ्जन
१०.सरु लिम्बु
११.सावित्रा भण्डारी
१२.निरु थापा
१३.रेखा पौडेल
१४.अनिता केसी
१५.गिता राना
१६.कबिता धिमाल
१७.विमला चौधरी
१८.इन्दिरा राई
अफिसियल:
प्रशिक्षक – हरि खड्का
सहायक प्रशिक्षक – अरुणा गुरुङ
गोलरक्षक प्रशिक्षक – अस्मिता खवास
फिजियोथेरापीस्ट – नविना श्रेष्ठ
टिम डाक्टर – राजु डंगोल महर्जन
व्यवस्थापक – पेमा लामा
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]