6 years ago
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पहिलोपटक फिफा विश्वकपमा सिधै दोस्रो चरणको खेल खेल्ने मौका पाएको नेपालले बिहीबार कुवेतविरुद्ध खेल्दै विश्वकप छनोटको प्रारम्भ गर्दैछ ।
खेल नेपाली समयअुनसार जविर अल अहमेद इन्टरनेसनल मैदानमा आज राति १०ः४५ बजेपछि सुरु हुनेछ । घरेलु टोली कुवेतलाई स्तब्ध पार्दै नेपाल विश्वकप छनोटको दोस्रो चरणलाई सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ । युवा जोशले भरिएको नेपाली टोलीको लागि शारीरिक र मानसिक रुपमा बलियो कुवेतविरुद्ध असहज पक्कै हुनेछ । तर, नेपाल कुवेतविरुद्ध अंक खोस्ने लक्ष्यमा नै मैदान उत्रनेछ ।
नेपाल र कुवेत हालसम्म ६ पटक आमने समाने भएका छन् । ‘हेड टु हेड’ मा नेपाल कुवेतसँग निकै पछि छ । चैत पहिलो साता भएको मैत्रीपुर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्न सक्नु नै नेपालको अहिलेसम्मको बहादुरी प्रदर्शन हो । ६ भेटमा नेपालले २२ गोल खादा १ गोल मात्रै फर्काएको छ । त्यो एक गोल १९८२ को एसियन गेम्समा रहेको थियो ।
कुवेतसँगको लगातार हारको श्रृंखला नेपालले यसैवर्ष तोडेको थियो । मार्चमा खेलिएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो ।
‘हेड टु हेड’ मा कुवेत र नेपाल १९८२ एसियन गेम्स (३–१) १९८६ एसियन गेम्स (५–०) १९९४ एसियन गेम्स (८–०) २००० एसियन गेम्स (५–०) २०१९ मार्च मैत्रीपुर्ण (०–०) २०१९ मार्च मैत्रीपुर्ण (१–०)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]