6 years ago
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको विश्व कप छनोटको यात्रा आज सुरु हुँदैछ । नेपालले राती १०:४५ बजे सुरु हुने खेलमा कुवेतको सामना गर्दैछ । पछिल्लो तीन वर्ष देखि नेपाली टोलीलाई नियमित कप्तानी गर्दै आएका विराज महर्जन यसपटक टोलीमा छैनन् । यद्दपी उनले टोलीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् ।

नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेलेका विराजले फुसबुकमा लेखेका छन्,‘ म अहिले टोलीमा छैन । तर पनि मेरो मन तिमिहरु सँगै छ । साथी एवंम् दाजुभाईहरु आजको खेलका लागि शुभकामना । कडा मेहनत गर र डटेर खेल । ’
भदौको ९ गते मलेसियाको लिग च्याम्पियनसिपविरुद्धको खेलमा प्रशिक्षक योहान कालिनकै सल्लाहमा टोली बाहिर रहेका विराज त्यसपछि विश्व कप छनोट टोलीमा भने अटाएनन् । तथापी उनले हिम्मत हारेका छैनन् ।
उनले फेसबुमा लेखेका छन् । ‘जीवन कठिन छ । कहिलेकाहीं फुटबल पनि कठिन हुनु गर्दछ । तर मलाई एउटा कुरा थाहा छ, म कहिले पनि हार मान्दिन,’ उनले भावना पोखेका छन्,‘ मेरो जीवनमा यस्तो बारम्बार हुनेगर्दछ । म लक्ष्यका साथ अघि बढिरहेको छु र अन्त्यसम्म संघर्ष गर्छु । माया र साथका लागि समर्थकहरु सबैलाई धन्यवाद । म जित वा हारलाई कहिल्यै लुकाउने छैन ।’
सोझै विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको नेपाल रहेको समूहमा कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ छन् । नेपालले भदौ २४ गते चाइनिज ताइपेइसँग खेल्नेछ । टोलीमा फर्कनका लागि विराजले आफु हरसम्भव प्रयासरत रहने हाम्रो खेलकुदसँग बताएका थिए ।

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]