6 years ago
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ सुशील केडिया मेमोरियल अन्तर स्कुल फुटबल प्रतियोगिताको उपाधि लिटल एन्जल्स स्कुलले जितेको छ। डीएभी स्कुल मैदानमा बिहीबार सम्पन्न फाइनलमा लिटल एन्जल्सले नेपाल पुलिस स्कुललाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो ।

लिटल एन्जल्सको जितमा सुशान्त गुरुङ र मुनाल थापाले १-१ गोल गरे । पुलिस स्कुलका समिर बमले १ गोल गरेका थिए । तीन दिन सम्म चलेको प्रतियोगितामा उपत्यकाका कुल १७ टोलिको सहभागिता थियो ।
प्रतियोगिताभर ५ गोल गरेका अक्सिडेन्टल पब्लिक स्कुलका संकेत पराजुली सर्वाधिक गोलकर्ता घोषित भए । प्रतियोगिताकै उत्कृष्ट गोलकिपर लिटल एन्जल्सका आयुष आनन्द चुनिए । उदयमान खेलाडी पुलिस स्कुलका समिर बम घोषित भए । एडीफाई इन्टरनेसनल स्कुलले फेयर प्ले अवार्ड पायो ।

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]