6 years ago
September 5, 2019
एजेन्सी – विश्वकप छनोटको तयारीका क्रममा रहेको जापानले मैत्रीपूर्ण खेलमा बिहीबार दक्षिण अमेरिकी टोली पाराग्वेलाई २-० ले पराजित गरेको छ ।

जापानको काशीमा रंगशालामा भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । युया ओसाकोले २३ औं मिनेटमा गोल गरेपछि जापानले सुरुवाती अग्रता बनाएको थियो । उनले भेट्रान डिफेन्डर युटो नागाटोमोको क्रसलाई सहजै गोलमा परिणत गरेका थिए । उनको यो १५ औं अन्तर्राष्ट्रिय गोल पनि हो । त्यसको दुई मिनेटमा नै जापानले अग्रता दोब्बर पार्ने अवसर पाएपनि वन भर्सेस वनमा रित्सु दोआनको प्रहारलाई गोलरक्षक गैटो फर्नान्डेजले बचाए ।
खेलको ३० औं मिनेटमा ताकुमी मिनामिनोले जापानको अग्रता दोब्बर पारे । उनले फ्रान्सेली क्लब मार्सेबाट खेल्दै आएका राइट ब्याक हिरोकी सकाईको क्रसलाई पहिलो टचमा नै गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका तकेफुसा कुबोले पनि गोल गर्ने अवसर चुकाए । उनले ६९ औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेर फर्केको थियो । रियल म्याड्रिडका खेलाडी कुबो यस सिजनका लागि लोनमा मालोर्का पुगेका छन् ।
जापानले विश्वकप छनोट अन्तर्गत मंगलबार हुने खेलमा म्यानमारको सामना गर्दैछ । जापान रहेको समूह ‘एफ’ मा मंगोलिया, ताजिकिस्तान र किर्गिस्तान पनि रहेका छन् । मंगोलियाले घरेलु मैदानमा म्यानमारलाई १-० ले स्तब्ध पार्दै सुखद सुरुवात गरिसकेको छ । ताजिकिस्तानले पनि घरेलु मैदानमा किर्गिस्तानविरुद्ध १-० को जित दर्ता गरेको हो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]