6 years ago
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत पहिलो खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । यसअघि हाम्रो खेलकुदडट कमले प्रस्तुत गरेको सम्भावित ११ जस्तै प्रशिक्षक कालिनले विमल घर्तीमगरलाई एकल फरवार्डका रुपमा टोली उतारेका छन् ।

गोलरक्षकको भूमिकामा कप्तान किरण चेम्जोङ छन् । डिफेन्समा लेफ्ट ब्याकको भूमिकामा सुमन अर्याल, मध्यभागमा अनन्त तामाङ र देवेन्द्र तामाङको जोडी तथा राइट ब्याकमा अजित भण्डारी खेल्नेछन् ।
अवे खेल भएकाले नेपालको रणनीति रक्षात्मक हुनेछ । प्रशिक्षक कालिनले रोहित चन्दसँगै विक्रम लामा र विशाल राईलाई मिडफिल्डमा उतारेका छन् । आक्रमणमा विमल घर्तीमगरलाई दुई विंगरको साथ रहनेछ । रवी पासवान राइट र सुजल श्रेष्ठ लेफ्ट विङ्गमा रहनेछन् ।
सुरुवाती ११ : (४-३-३)
किरण चेम्जोङ
अजित भण्डारी – अनन्त तामाङ – देवेन्द्र तामाङ – सुमन अर्याल
विक्रम लामा
रोहित चन्द – विशाल राई
रवी पासवान – विमल घर्तीमगर – सुजल श्रेष्ठ

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]