default_image

6 years ago

September 6, 2019

नेपालको लज्जास्पद हार!

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा नेपाल ७-० ले पराजित भएको छ । खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक रुपमा उत्रिएको कुवेतले सुरुवाती १४ मिनेटमा नै २ गोलको अग्रता लिएको थियो ।

खेलको छैटौं मिनेटमा युसुफ नासेरले गोल गर्दै घरेलु टोली कुवेतलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नै किरणले लामो दुरीबाट गरेको प्रहार बचाए । पहिलो मिनेटदेखि नै दबाबमा परेको नेपालले लगातार कुवेती आक्रमण विफल बनाउन व्यस्त रहयो ।

नेपालले १४ औं मिनेटमा कर्नरमा दोस्रो गोल खाएको थियो । कर्नरमा आएको बलमा गोलरक्षक किरण अगाडी बढेपछि फेद अल हाजेरीले गरेको प्रहार विक्रम लामाले गोललाइनबाट बचाउने प्रयास गरेपनि रेफ्रीले गोलको निर्णय दिए ।

खेलको २७ औं मिनेटमा किरणले वन भर्सेस वनमा बचाउ गर्दै अग्रता बढाउन दिएनन् । ४१ औं मिनेटमा सुजल श्रेष्ठको क्रसमा रवी पासवानले फ्लिक गरेको बलमा विशाल राईले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार आकासिएको थियो ।

नेपालका लागि दोस्रो हाफको सुरुवात पनि खराब नै रहयो । ५१ औं मिनेटमा युसुफ नासेरले अब्दुल्लाह माविको क्रसलाई हेडरमार्फत गोलमा परिणत गर्दै ३-० को अग्रता दिलाए । त्यसको ८ मिनेटपछि नै माविले उत्कृष्ट फिनिस गर्दै चिप सटमा ४ गोलको अग्रता दिलाए ।

६८ औं मिनेटमा कप्तान बादर अल मुत्वाले कुवेतलाई ५-० को अग्रता दिलाए । उनले क्लियर गर्न नसकेको फ्रिकिकलाई पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको अवस्थामा गोल गरे । इन्ज्युरी समयमा थप दुई गोल गर्दै कुवेतले ७-० को जित पक्का गर्यो ।

यस जितसँगै कुवेत समूहको शीर्षस्थानमा उक्लिएको छ । यसअघि समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेइलाई २-१ ले पराजित गरेको थियो । नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । अर्को खेलमा सोहि दिन कुवेत र अष्ट्रेलिया भिड्नेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.