6 years ago
September 6, 2019
एजेन्सी – तीनपटकको च्याम्पियन स्पेनले युरोकप छनोटमा शतप्रतिशत जित निकालेको छ । स्पेनले बिहीबार राति घरेलु टोली रोमानियालाई २–१ ले पराजित गर्दै समूह ‘एफ’ मा लगातार पाँचौ जित निकालेको हो ।

स्पेनको जितमा सर्जियो रामोस र पाको अल्कासेरले गोल गरे । रोमानियाका फ्लोरिन एन्डनले सान्त्वना गोल फर्काए । खेलको सुरुवातदेखि नै रोमानियालाई दवावमा राखेको स्पेनले खेलको २९औं मिनेटमा पेनाल्टीको साहराबाट अग्रता बनाएको थियो । ड्यनियल सेवालसलाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा रामोसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको पहिलो मिनेटमा स्पेनका जेसस नाभासले गोलको मौका खेर फालेको थियो । छैटौं मिनेटमा पाको अल्कासेरले मौकाको सदुपयोग गर्न सकेन । ११औं मिनेटमा सर्जियो रामोसले अर्को मौका खेर फाल्दा स्पेन अग्रता लिनबाट चुक्यो ।
३५औं मिनेटमा डेनी रोड्रिगोको प्रहार रोमानियाका गोलरक्षक टाटारुसानुले बचाएका थिए । लगात्तै ३७औं मिनेटमा टाटारुसानुले स्पेनको अर्को प्रहारलाई विफल पारिदिएका थिए । ४७औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । जोर्डी अल्वाको पासमा अल्कासेरले गोल गरेका थिए ।
५९औं मिनेटमा जर्ज पुस्कासको पासमा फ्लोरिन एन्डनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा स्पेन २–१ ले विजयी हुन सफल भयो ।
खेलको अन्तिम ११ मिनेट स्पेन १० खेलाडीमा समेटिएको थियो । डिएगो लोरेन्टे सिधै रातो कार्ड खादै मैदानबा बाहिरिए । तर, त्यसको फाइदा घरेलु टोली रोमानियाले उठाउन सकेन । लगातार पाँचौ जितसँगै स्पेन समूह ‘एफ’ मा १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित रोमानिया ७ अंकसहित चौथो स्थानमा छ ।
यही समूहको अर्को खेलमा स्वीडेनले फरो आइल्यान्डमाथि ४–० को प्रभावशाली जित हात पारेको छ । स्वीडेनको फराकिलो जितमा एलेक्सन्डर इसाकले दुई तथा भिक्टर निल्सन लिनलेफ र रोविन क्वाइसनले समान १ गोल गरे ।
जितसँगै ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको स्वीडेनले युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । फरो अंकविहीन हुदै पुछारमा छ । यही समूहमा नर्वेले माल्टालाई २–० ले हरायो । नर्वेको जितमा सन्डर वर्ग र जोसुवा किङले गोल गरे । जितसँगै नर्वे ८ अंक जोडेर तेस्रो स्थानमा छ । माल्टा ३ अंक जोडेर पाँचौ स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]