6 years ago
September 6, 2019
एजेन्सी – युवा स्टार अल्मोइज अलीको ह्याट्रिक प्रेरित खेलमा विश्वकप आयोजक राष्ट्र कतारले अफगानिस्तानमाथि आधा दर्जन गोल गरेको छ ।

विश्वकपको आयोजक समेत रहेको कतारले घरेलु टोलीले अफगानिस्तानमाथि ६–० को फराकिलो जित निकालेको हो । कतारको जितमा अलीसँगै हसन अल हाइडोज, एब्देलकरिम हसन फादल्हा र बोउलेम खोउकीले १-१ गोल गरे ।
एसियन च्याम्पियन समेत रहेको कतारले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा २ गोल गर्न सफल भएको थियो । खेलको चौथो मिनेटमा युवा स्टार अल्मोइज अलीको गोलबाट अग्रता बनाएको थियो ।
१०औं मिनेटमा अलीले नै गोल गर्दै अग्रता दोब्बर बनायो । त्यसको तीन मिनेटपछि हसन अल हाइडोजले गोल गर्दै कतारलाई १३ मिनेट भित्र नै ३–० ले अघि बढाए । ३४औं मिनेटमा एब्देलकरिम हसन फादल्हाले गोल गरेपछि कतार पहिलो हाफमै ४–० को आरामदायी अवस्थामा पुगेको थियो ।
५१औं मिनेटमा अलीले ह्याट्रिक पुरा गर्दा कतार ५–० ले अघि बढ्यो । ६७औं मिनेटमा बोउलेम खोउकीले गोल गर्दै कतारलाई आधा दर्जनको जित दिलाए ।
जितसँगै कतार समूह ‘इ’ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अफगानिस्तान पुछारमा छ । यही समूहको खेलमा ओमानले भारतलाई २–१ ले पराजित गरेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]