6 years ago
September 6, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको ‘ए’ डिभिजन लिगकाे नयाँ मिति सार्वजनिक घाेषणा गरेकाे छ।

नयाँ मितिअनुसार यसवर्षकाे लिग मंसिर २८ गतेबाट शुरु हुनेछ । यसअघि एन्फाले मंसिर १२ गतेबाट लिग गर्ने घाेषणा गरेकाे थियाे । त्यो समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमै आयोजना हुने भएका कारण एन्फाले दुई साता पर धकेल्दै लिगको नयाँ मिति सार्वजनिक गरेको हो ।
यस्तै एन्फाले अर्काे वर्षदेखि नाेभेम्वर १ बाटै स्थायी रुपमा लिग गर्ने प्रस्ताव अघि सारेकाे प्रवक्ता किरण राईले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ । ए डिभिजन लिगका लागि सहभागी १४ टाेलीले १८-१८ खेलाडी एन्फामा दर्ता गरिसकेकाे एन्फाले जनाएकाे छ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]