default_image

6 years ago

September 7, 2019

विश्वकप छनोट : ताइपेइविरुद्ध अजित नखेल्ने

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलका लागि नेपालले टोलीमा कम्तिमा एक परिवर्तन हुने भएको छ ।

कुवेतविरुद्ध भएको पहिलो खेलमा घाइते भएका अजित भण्डारीको स्थानमा अर्का डिफेन्डर रवी सिलवाल टोलीमा अटाएका छन् । अजित कुवेतसँगको खेलमा ५५ औं मिनेटमा मैदान बाहिरिएपछि दिनेश राजवंशीले उनको स्थान लिएका थिए । उनको खुट्टामा गम्भीर चोट लागेको बुझिएको छ । प्रारम्भिक परिक्षण गर्दा उनको खुट्टा भाँचिएको शंका रहेको छ । काठमाडौं आएर विस्तृत परिक्षणपश्चात उनको चोटबारे थाहा हुनेछ ।

अजितको स्थानमा अग्ला कदका डिफेन्डर रवीले खेल्नेछन् । रवी यसअघि पनि कालिनको टोलीमा रहेर खेलिसकेका छन् । गत सिजन लिगमा संकटालाई उपविजेता बनाउँदा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसअघि उनले मनाङ मर्स्याङ्दीबाट पनि व्यावसायिक फुटबल खेले ।

नेपालले मंगलबार हुने दोस्रो खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । शनिबार विहान कुवेतबाट नेपाल फर्कने टोली शनिबार बेलुका नै ताइपेइ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.