6 years ago
September 7, 2019
एजेन्सी – युरोकप छनोटको समूह ‘जी’ को शीर्षस्थानमा रहेको पोल्यान्डले पहिलो हार बेहोरेको छ । पोल्यान्डले घरेलु टोली स्लोभेनियासँग २–० को हार बेहोरेको हो । पोल्यान्डलाई हार चखाउन अल्जाज स्ट्रुना र अन्ड्राज स्पोररले गोल गरे ।
हारसँगै पोल्यान्ड ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमै यथावत छ । स्लोभेनिया ५ खेलबाटै ८ अंक जोडेर तेस्रो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा अस्ट्रियाले लत्भियालाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । अस्ट्रियाको फराकिलो जितमा मार्काे अर्नाेटोभिकले दुई तथा, मार्सेल सविट्जर, कोनराड लेइमेर र मिचेलले गोल गरे । एक गोल उपहार पाएको थियो ।
गोलको वर्षा भएको खेलमा सुरुवातदेखि नै आक्रमक खेल पस्केको अस्ट्रियाले सातौ मिनेटमा मार्काेको गोलमा अग्रता लिएको थियो । १३औं मिनेटमा मार्सेलले अग्रता दोब्बर बनायो ।
५३औं मिनेटमा मार्काेले व्यक्तिगत दोस्रो गोल गरेपछि अस्ट्रिया खेलमा सहज जिततर्फ अग्रसर बनेको थियो । ७६औं मिनेटमा पाभेल्सले आत्मघाती गोल गरेपछि अस्ट्रियाले ४–० को अग्रता बनाउन सफल भयो ।
८०औं मिनेटमा कोनराडले गोल गरे । ८५औं मिनेटमा मिचेलले गोल गर्दै अस्ट्रियालाई ६–० को प्रभावशाली जित दिलाए । जितसँगै अस्ट्रिय समूह ‘जी’ मा ५ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लत्भिया अंकविहीन हुदै पुछारमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]