default_image

5 years ago

September 7, 2019

भिसा नआउँदा रवी ताइपेइ नजाने, विमल थपिए

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली कतारमा सन् २०२२ मा हुने विश्वकपको दोस्रो चरण छनोट अन्तर्गत दोस्रो खेलका लागि शनिबार चाइनिज ताइपेइ प्रस्थान गर्दैछ । टोली राती १०:४५ बजे विमानस्थलबाट प्रस्थान गर्नेछ ।

कुवेतविरुद्ध पहिलो खेलमा ७-० ले पराजित भएको नेपालले टोलीमा केहि परिवर्तन गरेको छ । पहिलो खेलमा चोट बोकेका डिफेन्डर अजित भण्डारी लामो समय मैदानबाहिर रहने भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको बुझिएको छ । उनको स्थानमा प्रशिक्षक योहान कालिनले रवी सिलवाललाई टोलीमा राख्ने प्रयास गरेपनि भिसा नआएपछि उनी ताइपेइ नजाने भएका छन् ।

कुवेतविरुद्ध पहिलो खेलमा ज्वोरो आएका कारण अनुपस्थित रहेका फरवार्ड नवयुग श्रेष्ठलाई पनि विश्राम दिइएको छ । उनको स्थानमा विमल राना टोलीमा समेटिने भएका छन् । विमलले यसअघि मार्चमा कालिनले नै टोली सम्हालेपछि राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । यद्यपि उनले खेलमा पहिलो रोजाईमा खेल्ने सम्भावना भने निकै कम छ ।

नेपाली टोली आइतबार ताइपेइ पुग्नेछ । मंगलबारको खेलको लागि २२ खेलाडी मात्र त्यसतर्फ प्रस्थान गर्नेछन् ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.