default_image

5 years ago

September 7, 2019

चेक कोसोभोसँग स्तब्ध

एजेन्सी – युरोकप छनोटमा चेक रिपब्लिक कोसोभोसँग स्तब्ध बनेको छ । चेक घरेलु टोलीसँग शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा २–१ ले स्तब्ध बनेको हो । प्रिस्टिनामा शनिबार राति भएको खेलमा पाहुना टोलीले खेलको १६औं मिनेटमा प्याट्रिक सेचिकको गोलबाट खेलमा अग्रता लिएको थियो । तर, चेकको त्यो अग्रता लामो समय टिकेन । २०औं मिनेटमा घरेलु […]

47 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा चेक रिपब्लिक कोसोभोसँग स्तब्ध बनेको छ । चेक घरेलु टोलीसँग शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा २–१ ले स्तब्ध बनेको हो ।

प्रिस्टिनामा शनिबार राति भएको खेलमा पाहुना टोलीले खेलको १६औं मिनेटमा प्याट्रिक सेचिकको गोलबाट खेलमा अग्रता लिएको थियो ।
तर, चेकको त्यो अग्रता लामो समय टिकेन । २०औं मिनेटमा घरेलु टोलीका लागि भेडाड मुरिकीले बराबरी गोल फर्काए । ६७औं मिनेटमा मर्जिम भोज्भोडाले गोल गर्दै घरेलु टोलीलाई २–१ को महत्वपुर्ण जित दिलाए ।

जितसँगै कोसोभोले समूह ‘ए’ मा ८ अंक जोडेर दोस्रो स्थानमा उक्लदै छनोट हुने सम्भावना बलियो बनाएको छ । चेक ६ अंक जोडेर तेस्रो स्थानमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.