default_image

6 years ago

September 8, 2019

केनको ह्याट्रिकमा इंग्ल्यान्डको शतप्रतिशत जित

111 views

0 Bookmark

एजेन्सी – कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा इंग्ल्यान्डले युरोकप छनोटमा शतप्रतिशत जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले बुल्गेरियालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले खेलको २४औं मिनेटमा कप्तान केनको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले रहिम स्ट्रलिङको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो ।

५०औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । गोलरक्षक जोर्ड पिकफोर्डको लामो पासमा रासफोर्डलाई निकोले बोडोरोभले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा केन चुकेनन् ।

५५औं मिनेटमा केनकै पासमा रहिमले गोल गरेपछि इंग्ल्यान्डले ३–० को अग्रता लियो । ७३औं मिनेटमा केनले पुनः पेनाल्टीका गोल गर्दै ह्याट्रिक पुरा गर्दा इंग्ल्यान्ड खेलमा ४–० ले अघि बढ्यो । क्रिस्टियन डिमित्रोभले केनलाई बक्समा लडाएपछि रेफ्रीले इंग्याल्डलाई पेनाल्टी प्रदान गरेको थिए । जसमा केन चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड ४–० ले विजयी हुन सफल भयो ।

जितसँगै समूह ‘ए’ मा अपराजित रहेको इंग्ल्यान्डले ३ खेलबाट ९ अंक जोडेको छ । बुल्गेरिया २ अंक जोडेर पुछारमा छ । यही समूको अर्काे खेलमा कोसोभाले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ । कोसोभो ८ अंक जोडेर दोस्रो तथा चेकको ६ अंक छ । मोन्टेनेग्रोको २ अंक छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.