default_image

6 years ago

September 8, 2019

रोनाल्डोको गोलसँगै युरो छनोटमा पोर्चुगलको पहिलो जित

171 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले युरोकप छनोटमा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियालाई उसकै मैदानमा ४–२ ले पराजित गर्दै युरो छनोटमा पहिलो जित निकालेको हो ।

यसअघि पोर्चुगलले शुरुवाती दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । राजको मिटिक वियोग्राडमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा १–० को अग्रत दिलाएको थिए । ५८औं मिनेटमा गोन्कालो गुइडेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । उनले ब्रुनो फनान्डेजको पासमा गोल गरेका थिए ।

६८औं मिनेटमा निकोला मिलेन्कोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ८०औं मिनेटमा रोनाल्डोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए ।

८५औं मिनेटमा एलेकसन्डर मिट्रोभिकले गोल गर्दै सर्वियालाई ३–२ को अवस्थमा ल्याए । त्यसको १ मिनेट पछि नै बर्नाडो सिल्भाले राफयल गुरेरोको पासमा गोल गर्दै पोर्चुगललाई ४–२ को जित दिलाए ।

जितसँगै पोर्चुगलले समूह ‘बी’ मा ३ खेलबाट ५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । सर्विया ४ अंक जोडेर चौथो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा शीर्षस्थानमा रहेको युक्रेनले लिथुनियालाई ३–० ले पराजित गरेको छ । जितसँगै ५ खेलबाट १३ अंक जोडेको छ । लिथुनिया १ अंकसहति पुछारमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.