6 years ago
September 8, 2019
एजेन्सी – युरोकप छनोटमा विश्वविजेता फ्रान्सले प्रभावशली जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले अल्वानियामाथि ४–१ को फराकिलो जित निकालेको हो ।
पार्क दि फ्रान्स पेरिसमा भएको खेलमा घरेलु टोलीलाई जिताउने किङ्सले कोमानले दुई तथा ओलिभर जिरुउड र जोनाथन इकोनेले समान १ गोल गरे । अल्वानियाका सोकोल सिकालेसीले सान्त्वना गोल फर्काए ।
खेलको शुरुवातदेखि नै अल्वानियालाई दवावमा राखेको फ्रान्सले खेलको आठौं मिनेटमा नै कोमानको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले राफल भरानको पासमा गोल गरेका थिए । २७औं मिनेटमा जिरुउडले लुकास हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
३७औं मिनेटमा एन्टोइन ग्रिजमन पेनाल्टीमा चुके । ६८औं मिनेटमा किङ्सले कोमानले ग्रिजमनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले खेलमा ३–० को आरामदायी अग्रता बनायो । ८५औं मिनेटमा जोनाथनले नविल फेकिरको पासमा गोल गर्दै फ्रान्सलाई ४–० को फराकिलो जितको बाटो डोर्याए । ९०औं मिनेटमा सोकोल सिकालेसीले पेनाल्टीमा सान्त्वना गोल फर्काए ।
जितसँगै समूह ‘एच’ मा फ्रान्स १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अल्वानिया ६ अंक जोडेर चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा टर्कीले एन्डोरालाई १–० ले हरायो । टर्कीको १२ अंक नै रहेपनि गोल अन्तरमा दोस्रो स्थानमा छ । एन्डोरा अंकविहीन हुदै पुछारमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]