6 years ago
September 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले किर्गिस्तानमा जारि नादेझ्दा कप अन्तर्गत दोस्रो खेलमा आज उज्बेकिस्तानको सामना गर्दैछ ।

आइतबार भएको पहिलो खेलमा घरेलु टोली किर्गिस्तानलाई ८-२ ले पराजित गरेको नेपाली टोली उच्च मनोबलमा छ । त्यसो त उज्बेकिस्तानले पनि पहिलो खेलमा ताजिकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ । आज विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने बलियो सम्भावना रहनेछ ।
नेपालले आजको खेलमा केहि परिवर्तन गर्ने सम्भावना रहेको छ । लगातार तीन दिन समूह चरणका खेल खेल्नुपर्ने भएकाले प्रशिक्षक हरि खड्काले टोलीमा परिवर्तन गर्न सक्छन् । टोलीमा १८ खेलाडी मात्र रहेकाले पनि प्रशिक्षक खड्काले केहि खेलाडीलाई विश्राम दिन सक्छन् । किर्गिस्तानविरुद्ध जितमा नेपालका लागि सावित्रा भण्डारीले ४, अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले १-१ गोल गरेका थिए ।
आजको खेल फाइनल समीकरणको लागि महत्त्वपूर्ण रहने भएकाले पनि नेपालले मुख्य टोली उतार्न सक्छ । भोली समूहको अन्तिम खेल ताजिकिस्तानविरुद्ध केहि सहज हुने कारण दोस्रो रोजाईका खेलाडी खेल्न सक्छन् । नेपाल र उज्बेकिस्ताबीच आज खेल ११:४५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कममा हेर्न सक्नुहुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]