6 years ago
September 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत सोमबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २-० ले पराजित भएको छ । नेपालले दुवै हाफमा १-१ गोल खाएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको १४ औं मिनेटमा कप्तान निरु थापा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् । मिडफिल्डमा बलका लागि जुध्ने क्रममा विपक्षी खेलाडीसँग ठोकिंदा उनी घाइते भएकी थिइन् । स्ट्रेचरमा मैदानबाहिर लगेपछि उनको स्थानमा मिडफिल्डर सरु लिम्बू मैदान प्रवेश गरिन् ।आक्रमणमा केहि कमजोर देखिएको नेपालले केहि मौका पाएपनि डिफेन्सलाई तोड्न भने सकेन ।
३४ औं मिनेटमा उज्बेकिस्तानले अग्रता लिएको थियो । उज्बेकिस्तानको हाफबाट आएको लामो पासलाई नेपाली डिफेन्सले रोक्न नसक्दा उज्बेकिस्तानकी फरवार्डले गोल गर्दै अग्रता लिन सफल भइन् । उनको पहिलो प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले वन भर्सेस वन स्थितिमा बचाएपनि रिबाउन्डमा आएको प्रहार खाली पोस्टमा गोल भएको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा उज्बेकिस्तानकी खेलाडीको प्रहार क्रसबारमा लगेर फर्कंदा नेपाल भाग्यमानी भएको थियो ।
दोस्रो हाफको सुरुवातमै उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो । नेपालका तीन खेलाडीलाई छक्याउँदै उज्बेकी खेलाडीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाउन सकिनन् । एन्जिलाले ७१ औं मिनेटमा राम्रो बचाउ गर्दै गोलअन्तर बढ्न दिइनन् ।
नेपालले अब फाइनल प्रवेशका लागि मंगलबार ताजिकिस्तानको सामना गर्नेछ । आजै हुने दोस्रो खेलमा किर्गिस्तान र ताजिकिस्तान भिड्नेछन् । उज्बेकिस्तानले लगातार दोस्रो जितसँगै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । हिजो भएको खेलमा उज्बेकिस्तानले ताजिकिस्तानलाई १२-० तथा नेपालले किर्गिस्तानलाई ८-२ ले पराजित गरेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]