6 years ago
September 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले कतार २०२२ विश्वकपको दोस्रो चरण छनोट अन्तर्गत समूहको दोस्रो खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । खेलका लागि नेपाली टोली आइतबार विहान ताइपेइ पुगेको थियो ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कार्यवाहक कप्तान किरण चेम्जोङ र प्रशिक्षक योहान कालिनले नेपाल खेलका लागि तयार रहेको बताए । ‘ हामीले ताइपेइ आएर आइतबार नै हल्का प्रशिक्षण गर्यौं । हाम्रो तयारी यहाँ आउनुअघि नै भएको थियो । कुवेतविरुद्ध खेलपछि नै यस खेलबारे हामीले सोच्न थालेका छौं । अब आज अन्तिम प्रशिक्षण हुनेछ । हामी खेलका लागि तयार छौं,’ कप्तान तथा गोलरक्षक किरणले भने ।
प्रशिक्षक कालिनले लामो यात्राका बाबजुद पनि टोलि अब खेलका लागि तयार रहनुपर्ने बताए । ‘हामीले कुवेतविरुद्ध खेलेपछि नेपालमै लामो ट्रान्जिट रहयो । अहिले पनि हङकङ हुँदै यहाँसम्मको यात्रा तय गर्यौं । हिजो हल्का प्रशिक्षणका रुपमा हामीले खेलाडीलाई फ्रेस बनाउन मात्र मैदान पुग्यौं । पर्याप्त विश्राम लिएको आशा गरेको छु,’ कालिनले भने ।

कालिनका अनुसार कुवेतविरुद्ध खेलमा फराकिलो हार आश्चर्यजनक नतिजा थियो । ‘ हामीले खेलको सुरुवाती समयमा नै गोल खायौं । दोस्रो हाफमा सम्हालिन नसक्दा फराकिलो हार बेहोर्नुपर्यो । डिफेन्समा साना गल्ति नै हामीले महँगो मूल्य चुकाउनु पर्यो । अब ताइपेइविरुद्ध ती गल्ति सच्याउनु जरुरि छ,’ उनले थपे ।
कालिनले पछिल्लो पटक ताइपेइसँग १-१ को बराबरी खेलेपनि अब नयाँ खेलमा नयाँ सुरुवात रहने बताए । ‘ हामीले पुरानो नतिजा हेरेर हुन्न । उक्त खेल मैत्रीपूर्ण थियो भने यो प्रतिस्पर्धात्मक खेल हो । नतिजा निकै महत्त्वपूर्ण हुने कारण पनि दुवै टोलीको रणनीति फरक हुन सक्छ,’ उनले प्रष्ट पारे ।
नेपाल र ताइपेइबीचको खेल मंगलबार नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । समूहको पहिलो चरणको खेलमा नेपाल कुवेतसँग ७-० ले पराजित हुँदा जोर्डनले ताइपेइको मैदानमा २-१ को जित दर्ता गरेको थियो । मंगलबार दोस्रो खेलमा अष्ट्रेलियाले कुवेतको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]